
फागुन १२, काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओली पक्षमा निकै निराशा देखिएको छ । जसको स्पष्ट चित्रण ओली पक्षीय नेताहरुका अभिव्यक्तिमा देखिन थालेको छ ।
संसद पुनर्स्थापना कुनै हालतमा हुँदैन् र देश आफ्नो पक्षमा जाँदैछ भन्ने बुझाई बोकेका ओली पक्षका नेताहरुमा विघटन बदरसँगै निकै अन्यौंलता देखिएको हो । पुनर्स्थापना भएसँगै संसदमा आफ्नो भूमिका के रहने र आगामी राजनीतिक भविष्य के हुने भन्ने अन्यौंल ओली पक्षमा छ ।
जसको भाव मध्यरातमै ओली पक्षीय नेता ईश्वर पोखरेलले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् । उनले अहिले आफुँहरु लडेको र फेरि उठेर हिँड्नुपर्ने बताएका छन् ।
सर्वोच्चले संसद विघटनको निर्णय सदर गरिरहँदा प्रधानमन्त्री ओलीको ‘बर्थडे पार्टी’मा रमाईरहेका उनले निर्णयपश्चात मध्यरातमा यस्तो कविता फुराएका हुन् ।
यस्तो छ मध्यरातमा पोखरेलले फुराएको कविता –