back
CTIZAN AD

को-को छन त सन्दिप लामिछाने आवद्ध टिम ओवल इन्भिसिबल्समा ? र्हेनुहोस खेलाडीको पुरा सूची

वि.सं.२०७७ फागुन १२ बुधवार

783 

shares

१२ फागुन, काठमाडौँ । २०२१ मा हुने द हन्ड्रेड प्रतियोगिताको लागि ओवल इन्भिसिबल्सले नेपली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दिप लामिछानलेलाई रिटेन गरेको छ । गत वर्ष हुने भनिएको द हन्ड्रेडको प्रतियोगिताका लागि ओवलको टिमले सन्दिप लामिछानलेलाई १ लाख पाउण्डमा आफ्नो टिममा अनुबन्धित गरेको थियो । तर कोरोना भाइरसको महामारीको कारणले गर्दा उक्त प्रतियोगिता स्थिगित भएको थिए ।

द हन्ड्रेड प्रतियोगितामा बर्मिङघम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओरिजिनल्स, नर्दन सुपरचार्जर्स, ओभल इन्भिसिबल्स, साउदन ब्रेभ, ट्रेन्ट रकेन्स र वेल्स फायर गरी ८ टिमको सहभागिता रहनेछ । द हन्ड्रेडु मा दुवै टिमले १००–१०० बल खेल्नेछन् । १०–१० बलमा इन्ड चेन्ज गरिनेछ । एक बलरले ५ वा १० बल निरन्तर गर्न पाउनेछ । एक बलरले एक खेलमा बढीमा २० बल गर्न पाउनेछ । खेलमा पहिलो २५ बलको पावरप्ले हुनेछ । पावरप्लेमा ३० यार्डको सर्कलबाहिर २ फिल्डर मात्र राख्न पाइनेछ ।

ओभल इन्भिसिबल्सले पहिलो म्याच म्यानचेस्टर ओरिजिनल्सविरुद्ध खेल्ने भएको छ । यी दुवै टिमले उद्घाटन खेल जुलाई २२ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् ।

सन्दिप लामिछाने आवद्ध टिम ओवलले हिजो मंगलबार थप ४ खेलाडीलाई टिममा अनुबन्धित गरेको छ । अनुबन्धित हुने ४ नयाँ खेलाडीहरुमा शकिब मशुम्मद, कोलिन इन्ग्राम, ब्रान्डन ग्लोभर र जोर्डन क्लार्क रहेको छन । यी ४ नयाँ खेलाडीहरु थपिएसँगै ओवलको टिममा कुल खेलाडीहरुको संख्या १६ पुगेको छ । ओवलको टिममा ३ विदेशी खेलाडीहरु रहेका छन १५ इंल्याण्डकै घरेलु खेलाडीहरु रहेका छन ।

२०२१ को प्रतियोगिताको लागि ओवल इन्भिसिबल्सको टिम :
श्याम करण, सुनिल नारायण, जेसन रोय, श्याम विलिंग्स, टम करण, शकिम मशुम्मद, सन्दिप लामिछाने, कोलिन इन्ग्राम, रोरी बन्र्स, रिस टोप्ली, विल ज्याक्स, लौरी इभान्स, ब्रान्डन ग्लोभर, जोर्डन क्लार्क, नेथन सोउटर, एलेक्स ब्लेक ।

वि.सं.२०७७ फागुन १२ बुधवार १२:२८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...