back
CTIZAN AD

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको ३ कम्पनीको सेयर भर्ने आज अन्तिम मौका

वि.सं.२०७७ फागुन १२ बुधवार

636 

shares

१२ फागुन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलामीमा ल्याएको ३ कम्पनीको सेयर भर्ने आज (फागुन १२ गते, बुधबार) अन्तिम दिन रहेको छ ।

बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ३६ हजार ३ सय ६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार २ सय कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ९८ हजार ५ सय ९८ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । जसमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ५२३ रूपैयाँ, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ८१२ र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ४६३ रूपैयाँ तोकिएको छ ।

उक्त सेयरमा लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आजसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७७ फागुन १२ बुधवार १२:३५ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...