back
CTIZAN AD

मिडिया एक्शन नेपालको नयाँ कार्यसमिति

वि.सं.२०७७ फागुन १५ शनिवार

903 

shares

१५ फागुन । अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्शन नेपालको नयाँ नेतृत्वमा आगामी चार वर्षका लागि सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन भएका छन. ।

संस्थाको पाँचौँ वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय अधिवेशनबाट उपाध्यक्षमा प्रियङ्का झा, सचिवमा आरती शिल्पकार, कोषाध्यक्षमा दीपा केसी तथा सदस्यहरुमा यमबहादुर दुुरा, गणेशप्रसाद घिमिरे र आशिष मिश्र, संयोजकमा प्रदेश १ मा नरेन्द्र ढकाल, प्रदेश २ मा हदिस खुद्दार, वाग्मतीमा मधुसूदन दवाडी, गण्डकीमा सुनिता आचार्य, लुम्बिनीमा सञ्जु पौडेल, कर्णालीमा ललित बुढा र सुदूरपश्चिममा उमाकान्त जोशी चयन भएका छन् ।संस्थाको सल्लाहकारमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, धु्रवहरि अधिकारी, माधव शर्मा र नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्की रहेका छन् ।

सो अवसरमा आयोजित छलफलमा वरिष्ठ पत्रकार अधिकारीले सञ्चारजगत्प्रति आम नागरिकमा विश्वास जगाउन यस क्षेत्रमा देखिएका कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारिता क्षेत्रमा पछिल्ला समयमा देखिएका विकृति र विसङ्गतिलाई सुुधार्न पत्रकार स्वयं जिम्मेवारी र उत्तरदायित्व हुनुपर्ने बताए ।

काउन्सिलका प्रमुख कार्यकारी अधिकृत झबिन्द्र भुसालले आचारसंहितालाई आत्मसात् गर्दै मिडियालाई परिपक्व तुुल्याउँदै लैजानुपर्नेमा अहिले मिडियाबाट भ्रामक र उत्तेजनात्मक सामग्री प्रकाशन हुुँदा यस क्षेत्रप्रतिको विश्वास कमजोर भइरहेको टिप्पणी गरे । राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले गलत सूचना प्रवाहले त्रास फैलाउने भएकाले सही र सत्यतथ्य सूचना सम्प्रेषण नै पत्रकारिताको धर्म र मर्म भएको बताए । संस्थाका नवनिर्वाचित अध्यक्ष पन्तले मिडिया एक्शन नेपालले नेपाली मिडिया स्वतन्त्र, निष्पक्ष र उत्तरदायी हुनेपर्ने म्यान्डेटसहित अघि बढेकाले सोहीबमोजिम विभिन्न छलफल, अध्ययनअनुसन्धान जस्ता कार्यक्रम गर्दै आएको बताए। (रासस)

वि.सं.२०७७ फागुन १५ शनिवार १९:२१ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...