back

दलित एकता संजाल नेपालको रास्ट्रिय भेला सम्पन्न

वि.सं.२०७३ माघ १६ आइतवार

714 

shares
NTC AD

dalit-yekata-bhela-in-danda
“दलित एकता आजको आवश्यकता छुवाछूत मुक्त समाज निर्माणको लागि सम्पुर्ण नेपालीहको सहभागिता” भन्ने मुल नारा सहित दलित एकता संजाल नेपालको बृहत् एकता सहितको प्रथम ऐतिहासिक राष्ट्रिय भेला २०७३ माघ १४ गते सहिदनगर नवलपरासीमा सम्पन्न भएको छ ।
दलित एकता संजाल नेपालका सस्थापक एवं बर्तमान आईसीसी संयोजक आशबहादुर नेपालिको सभापतित्व, संजाल सस्थापक एवं बर्तमान आईसीसी प्र-उपसंयोजक निरबहादुर सुनार प्रमुख अतिथि रहनु भएको सो उक्त एतिहासिक भेलामा बिषेस अतिथिको रुपमा नवलपरासीका डीएसपी राजेश थापा रहनु भएको थियो ।
कार्यक्रमको संचालन घर बिदामा रहनु भएका दलित एकता संजाल साउदी एनसीसी सचिब सुकबहादुर कोइराला सार्कीले गर्नुभएको थियो ।
भेलामा उपस्थित समुदायहरुलाई संजाल महिला सशक्तीकरण संयोजक दुर्गा नेपालिले स्वागत गर्नुभएको थियो भने शुभकामना संदेशको सुरुवात आईसीसीको शुभकामना संदेशबाट सुरु गरियको थियो । भेला सफलताको लागि विभिन्न देशमा बनेका सञ्जालका कार्यसमितिका तर्फबाट पठाइएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । एनसीसी साउदी, बहराइन, कुबेत, कतार, मलेसिया, ओमन र संजालका पदाधिकारी एवं अभियन्ताहरुबाट पठाईएका संदेशहरु आईसीसी सचिब दधिराम परियारले पढेर सुनाउनु भएको थियो ।
संजाल प्रबाशदेखि स्थापना गर्नुको कारण र संजालले गरेका सामाजिक मानाबिया स्थापनादेखि अहिले सम्मका कार्य प्रगति र आगामी रणनीतिका बारेमा संजाल सस्थापक एवं बर्तमान आइसीसी प्र–उपसंयोजक निरबहादुर सुनार स्पस्ट पार्नु भएको थियो । उहाँले दलित एकताको बिकल्प नरहेको भन्दै केहि दलित एकता र दलित मुक्ति नचाहने व्यक्तिहरुले संजाललाई बदनाम गर्न खोजेको कार्यप्रति संजालको गम्भीर ध्यानाकर्षण भयको र उक्त भ्रममा कोहि पनि नपर्न अनुरोध गर्नुभएको थियो ।
भेलालाई आईसीसी सचिब दधिराम परियार, आईसीसी कोषाध्यक्ष माधब सिवा, आइसीसी सहकोषाध्यक्ष कोमल गहतराज, आइसीसी सक्रिया अभियान्ता स्थापना कालदेखि नेपालमा प्रमुख भूमिका निर्बाह गर्दै आउनु भएका बिष्णु सागर धमला बिक, दर्ता समितिका महासचिब तिलक बिक, पुर्बांचल संजाल संयोजक नारायण बिस्वकर्मा, पूर्वअंचल कोषाध्यक्ष कबिता पाचकोटी, सोलुखुम्बु प्रतिनिधि धर्म नेपालि, नवलपरासी संजाल अधक्ष्य दुजमान सिर्पाली, गीता सिवा मोरंग प्रतिनिधि, कमल नेपालि काठमाडौं, नैना बिक सुनसरी अधक्ष्य, राजकुमार राम पर्सा प्रतिनिधी, दाङ अधक्ष्य उमा देबी नेपालि, ओमन अधक्ष्य मान ब बरैली, सल्यान संयोजक सुकदेव कसेरा, रुपन्देही अध्यक्ष शिवा बिक, तनहुँ अध्यक्ष कृष्णलाल बिक, बेनिमणि पुर अध्यक्ष भिमबहादुर बिक, दलित सुधार समिति अध्यक्ष नरबहादुर बिक, बेनि मणिपुर सम्पर्क समिति संयोजक पवित्रा परियार, माया नेपाली कपिलबस्तु, शोभा सेन्चुरि काभ्रे, वीरबहादुर बिक बहराइन, राष्ट्रिय कलाकार बसन्त लम्साल, लमजुङ प्रतिनिधि युवराज मजाकोटि, माया राम्दम चितवन, संयुक्त दलित मंच उपाध्यक्ष सोचना रामदाम आदिले दलित एकता र दलित मुक्तिको लागि जबसम्म दलित एक हुदैनन् तब सम्म मुक्ति असम्भब रहेको गहकिलो तर्क प्रस्तुत गर्नुभएको थियो ।
उपस्थित सबैलाई धन्यबाद व्यक्त गर्दै सभाध्यक्ष आश ब नेपालिले उट्घाटन सत्रको समापन गर्नुभएको थियो ।
भेलाको बन्दसत्रले सहमतिमा नेपाल रास्ट्रिया समितिको निर्माण गरेको छ । भेलाको बन्दसत्रले बिष्णु सागर धमला बिक को को अधक्ष्यतामा २३ सदस्सीय रास्ट्रिया समिति निर्माण गरियको छ । नामावाली यसप्रकार रहेको छ :
अधक्ष्य – बिष्णु सागर धमला बिक
प्रथम उपाध्यक्ष – उमादेबी नेपालि
द्वितीय उपाध्यक्ष –धर्म बहादुर नेपालि परियार
तृतिय उपाध्यक्ष – मनोज राम
महासचिब – तिलक बिक
सचिब – दुर्गा नेपालि
कोषाध्यक्ष – कमला नेपाली
सहकोषाध्यक्ष – कमला गहतराज
सदस्यहरु
नैंना बिक
गीता सिवा
नारायण बिक
पार्वती लोहार
राजकुमार राम
अस्मिता बिक
शोमा सिन्चुरी
सुनिल मिजार
जिबन खाती
यम किसान
माया रामदाम
माया नेपालि
उमेश बिक
दिपक नेपालि
आमन्त्रित सदस्य

आइएसीसी अधक्ष्य – आश बहादुर नेपालि
आईसीसी सचिब – दधिराम परियार
– कृष्ण राम बिक
– माधब सिवा

वि.सं.२०७३ माघ १६ आइतवार ०२:१३ मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...

एक बोतल पानी सय रुपैयाँमा बेच्ने रेष्टुरेन्टलाई जरिवाना

एक बोतल पानी सय रुपैयाँमा बेच्ने रेष्टुरेन्टलाई जरिवाना

कास्की । तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको...