फागुन १६, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीय सचिव विरु तामाङलाई पदबाट हटाएका छन् । पूर्वमाओवादी लडाकुसमेत रहेका उनलाई सूचना चुहाएको भन्दै पदबाट हटाएका हुन् ।
निकटस्थ स्रोतले बताएअनुसार मन्त्री थापाले आफ्ना सूचनाहरु प्रचण्ड–नेपाल समूहलाई दिने गरेको आरोपमा तामाङलाई हटाएका हुन् । जनाइएअनुसार तामाङ पूर्वमाओवादी समूहका नेताहरु वर्षमान पुन नजिक थिए ।
यसअघि ओली समूहमा प्रवेश गरेलगत्तै बादलका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदीले पनि पदबाट राजीनामा दिएका थिए ।
स्मरणरहोस् केहि दिन अघि मात्रै पूर्वमाआवादी समूहका युवा नेताहरु गृहमन्त्री थापा समूह परित्याग गरि ओली समूहमा प्रवेश गरेका थिए । उनीहरुले थापा नेतृत्व गर्न लायक नभएको आरोप लगाएका थिए ।
वि.सं.२०७७ फागुन १६ आइतवार १४:२५ मा प्रकाशित






























