१७ फागुन, काठमाडौँ । महाधिवेशन तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सचिवालय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।
आज बसेको बैठकद्वारा जारी स्थानीय तहको परिषद् तथा निर्वाचन निर्देशिका र केन्द्रीय निर्वाचन सम्बन्धी निर्देशिका अन्तर्गत भएका विभिन्न निर्णयहरु प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
बैठकले जिल्ला समितिको गठन २०७७ फागुन २५ भित्र गरिसक्ने, सक्रिय सदस्यता वितरण अभियानलाई २०७७ चैत्र १५ सम्म म्याद थप गर्ने, वडा देखि जिल्ला तहसम्मका कार्यसमितिहरुको गठन चैत्र मसान्त सम्म गरिसक्ने, महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन आगामी वैशाख १० भित्र गरिसक्नु पर्ने लगायतको निर्णय गरेको जनाइएको छ ।
त्यस्तै समायोजना गर्न बाँकी रहेका जिल्लाहरुको ७ दिनभित्र समायोजन गर्ने निर्णय गर्दै नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, सचिवालय प्रमुद्वय धु्रवबहादर प्रधान र भास्कर भद्रा सम्मीलित ४ सदस्यीय समिति गठन गरि जिम्मेवारी दिइएको राप्रपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टी अध्यक्ष कमल थापाले आजको बैठकले गरेका निर्णय अनुसार कार्य सम्पन्न गर्न गराउन पार्टीका सबैतहका निकायहरूलाई आग्रह गरेका छन् ।
राप्रपा २०७८ बैशाख २५ देखि काठमाण्डौमा हुने पार्टीको महाधिवेशनको तयारीमा जुटेको छ।
वि.सं.२०७७ फागुन १७ सोमवार २१:०० मा प्रकाशित































