२० फागुन, काठमाडौँ । केहि दिन देखि निरन्तर ओरालो लागेको सेयर बजार (नेप्से) मा साताको अन्तिम दिन बिहिबार भने उछाल आएको छ । आज बजार परिसूचक ९० दशमलव ६७ अकंले बढेर समग्र परिसूचक २५०६ दशमलव ६८ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १४ दशमलब ६७ अकंले बढेर ४५१ दशमलब ४६ अकंमा पुगेको छ ।
आज नेप्सेमा सूचिकृत सबै कम्पनीको सूचकमा हरियाली छाएको छ ।
आज कुल सूचिकृतमध्ये २०६ कम्पनीका ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१६ रुपैंया बराबरको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६५ हजार १ सय ७४ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, शिखर इन्स्योरेन्स, नविल बैंक, नेपाल दुरसंचार प्राधिकरण लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सनराईज फस्ट म्यूचल फण्ड, सानिमा इक्वीटी फण्ड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिद्वार्थ इक्वीटि फण्ड लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबै भन्दा धेरै सूर्योदय लघुवित्त, लिवर्टी ईनजी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेडका कम्पनीका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले सबैले १० प्रतिशतले कमाएका हुन । त्यस्तै किसान लघुवित्त, इन्फिनिटि लघुवित्त, हिमालयन पावर पार्टनर लघुवित्त लगायतका लगानीकर्ताहरुले उच्च अकंले कमाउदाँ एनएमबी फिफ्टी, आई.सि.एफ.सि. फाइनान्स डेभन्चर ८३, ग्लोबल आईएमई समुन्नत योजना १, सोल्टी होटल लगायतका लगानीकर्ताहरुले गुमाउनेमा परेका छन ।
आज भएको कारोबारमा १७१ कम्पनी लागनीकर्ताले कमाउदाँ २ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने २ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।
वि.सं.२०७७ फागुन २० बिहीवार १५:५३ मा प्रकाशित



























