फागुन २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफुँहरु जनतासँग गरेको प्रतिबद्धताबाट टाढा नगएको बताएका छन् । राष्ट्रिय सभागृहमा आयोजित सरकार र विप्लव नेकपाबीच सहमती समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘नेपाल देशलाई आत्मनिर्भर र निर्भर बनाउने सुन्दर आकांक्षा छ । नेपाली यूवाहरुभित्र लुकेको समृद्धितर्फको आकांक्षा छ’, कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कम्युनिष्ट आन्दोलनमा लाग्दै गर्दा हामीले लिएको प्रतिबद्धताबाट हामी टाढा जाने छैनौं ।’
समाजमा धेरै समस्याहरु भएको भन्दै ती समस्याहरुको सम्बोधन नगरी देश अगाडि नजाने बताए । उनले आफुँहरु कसैको भाग खोस्नका लागि राजनीतिमा नआएको बताए ।
वि.सं.२०७७ फागुन २१ शुक्रवार १५:३२ मा प्रकाशित






























