फागुन २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग रातारात सम्झौता नभएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीचको सहमती हस्ताक्षर सम्झौतालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले विप्लवसँग वर्षौंदेखि भईरहेको वार्ताको प्रयास आज सफल भएको बताए ।
‘केहीदिन अघि मैले रातारात सहमति भन्ने सुनेँ, यो रातारात भएको होइन’, प्रधानमन्त्री ओलीले भने, ‘वर्षौंदेखि हाम्रो वार्ता चलिरहेको थियो। वार्ता गर्दा यत्ति हो हामीले नगरा बजाएर वार्ता गरेनौँ। वार्ता वार्ता झैँ गर्यौँ।’
प्रधानमन्त्री ओलीले विप्लवको शान्तीपूर्णं अवतरण साहसिक भएको बताए । उनले नेकपासँग शान्तीपूर्णँ परिवेशमा सहकार्य हुनेसमेत बताए ।
वि.सं.२०७७ फागुन २१ शुक्रवार १६:०८ मा प्रकाशित






























