फागुन २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकलाई प्रचण्डलाई दलको नेतामा चुनेको हो ।
यसअघि प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएको थियो ।
बैठक अघि प्रचण्ड–नेपाल पक्षले आफुँ पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो । प्रचण्ड–नेपाल पक्षका सांसद पम्फा भुसालले जनाएअनुसार बैठकमा नेकपाको संसदीय दलका बहुमत सदस्य उपस्थीत भएका थिए ।
उनका अनुसार ११५ सांसदहरुको हस्ताक्षर संकलन भएको छ । जसमध्ये ९१ जना प्रतिनिधि सभा सदस्य छन् । संसदमा नेकपाका १७३ सांसद छन् ।
यसअघि संसद विघटन लगत्तै प्रचण्ड–नेपाल समूहले प्रचण्डलाई संसदीय दलको नेताका रुपमा चयन गरेको थियो । तर, निर्वाचन आयोगले उक्त निर्णयलाई नमान्ने बताएसँगै पुनः बसेको संसदीय दलको बैठकले प्रचण्डलाई चयन गरेको हो ।
आजको बैठकमा यसअघि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका सांसदद्धय माया ज्ञवाली र कलिला खातु पनि उपस्थित भएका थिए ।
वि.सं.२०७७ फागुन २१ शुक्रवार १६:२७ मा प्रकाशित





























