back
CTIZAN AD

११ सहायक सडक सम्पन्न हुँदै

वि.सं.२०७७ फागुन २१ शुक्रवार

675 

shares

२१ फागुन, काठमाडौं । हुलाकी राजमार्ग हुँदै भारतको सीमासँग पुग्ने सहायक सडकमध्ये ११ सडकको निर्माण सकिएको छ । भारतीय सहयोगमा निर्माण भएका नौ र नेपाल सरकारको लगानीमा निर्माण भइरहेका दुई गरी ११ सडक सम्पन्न हुन लागेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

हुलाकी राजमार्गबाट भारतको सीमा क्षेत्रसम्म पुग्ने सडक निर्माणको काम भइरहेको निर्देशनालयले जनाएको छ । यी सडकमध्ये कतिपयको लम्बाई १८/१९ किमीदेखि २७ किमीसम्म रहेको निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए । यी सबै सडकको गरी जम्मा लम्बाई ८८२ किमी छ । उनीका अनुसार कतिपय जिल्लामा एउटा मात्रै त कतिपय जिल्लामा दुई तीन वटासम्म यी सडक रहेका छन् । सरकारले आर्थिक वर्ष २०७९/८० मा राजमार्गसँगै यी सडक सम्पन्न गर्ने लक्ष्य लिएको छ । उनले भने, “त्यही लक्ष्यका साथ निर्माणको काम भइरहेको छ ।”

हुलाकी राजमार्गबाट शुरु भएर सडक महेन्द्र राजमार्ग हुँदै भारतीय सीमासम्म रहेको छ । भारतीय अनुदानमा १० सहायक सडक निर्माण भइरहेकामा नौ सडक सम्पन्न हुन लागेको छ भने एउटा निर्माणाधीन रहेको प्रमुख बिसुरालले जानकारी दिए । नेपाल सरकारको बजेटबाट निर्माण हुने भनिएको २८ सडकमध्ये दुई सम्पन्न भइसकेको र २६ निर्माणाधीन रहेको छन् । उनले भने, “सरकारले वार्षिकरुपमा विनियोजन गरेको बजेटबाट निर्माणको काम भइरहेको छ ।”

राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा हेरिएको छ । सडक निर्माण सम्पन्न भएपछि तराई–मधेशका जनताको जनजीवन सहज हुने अपेक्षा गरिएको छ । सरकारले मध्यपहाडी राजमार्गसँगै यो राजमार्गको निर्माण आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण गत आवमा आयोजनाअन्तर्गतका सडक निर्माण सुस्त थियो । चालू आवमा भने अपेक्षा गरिएअनुसार निर्माण अघि बढिरहेको निर्देशनालयले जनाएको छ । रासस

वि.सं.२०७७ फागुन २१ शुक्रवार १६:४६ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...