
२३ फागुन, काठमाडौँ । नेपाल कम्युानिष्ट पार्टी(नेकपा)का युवा नेता अनिल शर्माले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम विवादमा सर्वोच्च अदालतले गरेको फैसला सुनियोजित भएको बताएका छन् ।
एकै नाम जुध्दा ‘सच्याउ’ भनिएको भए संगतिपूर्ण कुरा हुन सक्ने भएपनि पार्टी नै नरहने गरी फैसला गर्नु अनपेक्षित मात्र नभएर सुनियोजितको जस्तो गन्ध आउने गरी भएको बताएका हुन् ।
‘नाम जुद्धा त्यसलाई सच्याउन भन्नु संगतिपूर्ण कुरा हुन सक्थ्यो तर पार्टी नै नरहने जस्तो गरि फैसला आयो, यो अनपेक्षित मात्रै नभएर सुनियोजित जस्तो गन्ध आउने गरि भएको छ । यो दुःखद छ ।’ नेता शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ।
सर्वोच्चको फैसलाबाट भाग्न नभै डटेर सामाना गर्नुपर्ने भन्दै उनले ब्यापक बृहत्तर एकताको अभियानमा जोड दिएका छन् ।
उनले भनेका छन् ‘फेरि पनि केहि प्रविधिक बिषयले हाम्रा पार्टीका सिंगो सिद्धान्त र मुल्यमान्यतालाई छोप्न सक्तैत । यसलाई गहिरो गरि मनन गर्दै अझै ब्यापक र बृहत्तर एकताको अभियानमा जुटौ १ संकट बाट भागेर होइन डटेर सामना गरौ !’