back
CTIZAN AD

अदालतको फैसलाप्रति नेम्वाङ्गको प्रतिक्रिया – असन्तोष भन्ने केहि छैन्, हामी शिरोधार्य गर्छौं

वि.सं.२०७७ फागुन २३ आइतवार

747 

shares

फागुन २३, काठमाडौं । संविधानसभा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङ्गले सर्वोच्च अदालतको फैसलालाई सहर्ष स्वीकार गर्ने बताए छन् । उनले आफुँहरु फैसला कार्यान्वयनको दिशामा लाग्ने बताए ।

नेम्वाङले फैसला अपेक्षाकृत र अनपेक्षित भन्ने केहि नरहेको बताए । ‘सर्वोच्च अदालतको फैसला भन्ने वित्तिकै सन्तोष लाग्यो असन्तोष लाग्यो भन्ने तर्फ हामी जाँदै जाँदैनौं, शिरोधार्य गर्ने कुरा महत्वपूर्णं छ’, नेम्वाङ्गले भनेका छन्, ‘फैसला अपेक्षाकृत र अनपेक्षित भन्ने कुरा हुन्न, कतिपयले भन्छन् भने त्यो उनीहरुको कुरा हो ।’

उनले यसअघि प्रतिनिधि सभा विघटनको निर्णयलाई पनि आफुँहरु सहर्ष स्वीकार गरेको बताए ।

‘हामी कानूनको शासन मान्छौं, संविधानबमोजिम सम्मानित सर्वोच्च अदालत भनेको कानूनको आधिकारिक व्याख्यात हो, त्यसैले केहि समय अगाडि प्रतिनिधि सभा पुनःस्थापित गर्दा पनि त्यसलाई हामीले शिरोपर गर्यौं’, उनले भनेका छन्, ‘यो पछिल्लो सर्वोच्च अदालतको आदेशलाई पनि हामी मान्छौं । सर्वोच्चको आदेशलाई कार्यान्वयन गर्दै कानून बमोजिम हामी अगाडि बढ्छौं ।’

आइतबार सर्वोच्च अदालतले नेकपाको नाम विवादबारेको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको थियो । साथै सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० घोषणा पूर्वको साबिक पार्टीहरुलाई नै मान्यता दिने निर्णय गरेको छ ।

वि.सं.२०७७ फागुन २३ आइतवार १७:०० मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...