back
CTIZAN AD

सर्वोच्चको फैसलाप्रति ओली पक्ष खुसी, प्रचण्ड–माधव पक्ष अन्यौंलमा

वि.सं.२०७७ फागुन २३ आइतवार

660 

shares

फागुन २३, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम विवादमा गरेको फैसलाप्रति प्रधानमन्त्री केपी शर्मा ओली पक्ष खुसी देखिएको छ । ओली पक्षका नेताहरुले सामाजिक सञ्जाल र सञ्चार माध्यमलाई दिएको प्रतिक्रियाका आधारमा यस्तो देखिएको हो ।

अदालतले साबिककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँताईदिएको छ । जसबारे प्रतिक्रिया दिँदै ओली पक्षीय नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अदालतको फैसलाले पुनः नयाँ शिराबाट अगाडि बढ्न बाटो खुला गरेको बताए ।

फैसलालाई स्वागत गर्दै उनले भने, ‘सर्वोच्चको फैसलाले नेकपाभित्र जारी विवादलाई सकारात्मक ढंगले समाधान गर्न र नयाँ शिराबाट एकता गर्न बाटो खुलेको छ, जुन एकता ठोस नीतिमाथि आधारित होस, सही विचारमाथि आधारित होस ।’

ज्ञवालीले जस्तै ओली पक्षका महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेले अदालतको फैसला कानूनी र संवैधानिक आधारमा आएको भन्दै घुमाउरो शैलीमा स्वागत गरेका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘‘हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौं, कानुनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको छ ।’

प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि फैसलाले पार्टी एकतापूर्वको अवस्थामा फर्किएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘हामी अब २०७५जेष्ठ २ गतेको अवस्थामा फर्केका छौ।’

यता फैसलाप्रति प्रचण्ड–नेपाल पक्षमा भने अन्यौंलता देखिएको छ । प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फैसलामाथि प्रारम्भिक प्रतिक्रिया दिँदै निकै अनपेक्षित फैसला भएको बताएका छन् ।

प्रचण्ड–नेपाल पक्षका अधिकांश नेताहरुले फैसलाप्रति मौनता पनि जनाएका छन् । हाल प्रचण्ड–नेपाल पक्ष फैसलाप्रति धारणा बनाउन आकस्मिक छलफलमा जुटेको छ ।

वि.सं.२०७७ फागुन २३ आइतवार १६:३० मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...