Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

नयाँ शक्ति पार्टी सहजकर्ताको भूमिका निर्वाह गर्छ : नेता देवकोटा



१६ माघ,म्याग्दी (बेनी)। नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले आफ्नो पार्टीले संविधान कार्यान्वयनमा सहजकर्ताको भूमिका खेल्ने बताउनुभएको छ ।

आज म्याग्दीको बेनी पत्रकारसँग कुरा गर्दै उहाँले सरकारले संविधान संशोधन, चुनाव घोषणा र दलहरुबीच आपसी विश्वास जित्न पनि नसकिरहेको अहिलेको अवस्थामा नयाँ शक्ति पार्टीले सबै राजनीतिक दलबीच सहमतिका लागि सहजकर्ताको भूमिका खेल्ने बताउनुभएको छ ।

प्रवक्ता देवकोटाले विगत लामो समयपछि प्राप्त संविधानको कार्यान्वयन हुनुपर्नेमा जोड दिदैं नयाँ शक्तिको चाहना संविधान कार्यान्वयन होस् भन्ने रहेको स्पष्ट पार्नुभयो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नगरेसम्म मुलुकले सहज निकास पाउन नसक्ने बताउँदै उहाँले भन्नुभयो – “राजनीतिक व्यवस्थाका विरुद्ध सबैसँग लड्ने समय सकिएको छ, अव अवस्थाका विरुद्ध लड्नुपर्ने समय आएको छ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम