back
CTIZAN AD

चौबिस जना नयाँ कुष्ठरोगी

वि.सं.२०७३ माघ १६ आइतवार

633 

shares

१६ माघ,रत्ननगर (चितवन) । चालु आर्थिक वर्षको पहिलो सात महिनामा चितवनमा २४ जना नयाँ कुष्ठरोगी भेटिएका छन् ।

‘समयमै कुष्ठरोगको उपचार गरौँं, अपाङ्गता हुनबाट बचौँ’ भन्ने नारासहित जनस्वास्थ्य कार्यालय चितवनले आज भरतपुरमा ६४ औं विश्व कुष्ठरोग दिवसको सन्दर्भमा आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा यस्तो जानकारी दिएको हो ।

जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७१÷७२ मा ७१ जनामा देखिएको यो रोग आर्थिक वर्ष २०७२÷७३ मा तीनजना थपिएर ७४ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका क्षय तथा कुष्ठरोग अधिकृत जयराम दुवाडीले जानकारी दिनुभयो ।

तीमध्ये ३८ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लाका कुल कुष्ठरोगीमध्ये ६३ जनामा सर्ने खालका र ११ जनामा नसर्ने खालका रोग देखिएको जनाइएको छ । सर्ने खालका रोग देखिएका धेरै भएकाले जोखिम पनि बढ्दो छ ।

उहाँका अनुसार नेपालमा कुष्ठरोग निवारणको अवस्थामा आएको भए पनि चितवनमा अझै निवारण हुनसकेको छैन् ।

प्रति एक हजार जनामध्ये एकजना भन्दा तल कुष्ठरोग देखियो भने त्यसलाई निवारण मानिन्छ । तर चितवनमा प्रति एक हजारमा १ दशमलव १२ रहेको छ ।

चितवनको आठ वटा पहाडी गाविसमा कुष्ठरोगीको सङ्ख्या शून्य रहेको तर भरतपुर उपमहानगरमा सबैभन्दा धेरै रोगी फेला परेको जनाएको छ । भरतपुरमा प्रति १० हजारमा दुई जना रोगी भेटिएका छन् ।

आर्थिक वर्ष २०७२÷७३ को तथ्याङ्क अनुसार नेपालको ५० जिल्लामा प्रति १० हजारमा एकजना भन्दा कम बिरामी छन् । तर तराईका १८ जिल्लामा सबैभन्दा बढी बिरामी छन् भने डोल्पा, मनाङ, मुस्ताङ, रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्बु र भक्तपुरमा रोग फेला परेको छैन ।

समयमै उपचार गरे रोग सजिलै निको हुने र यो रोगका लागि एक मात्रा औषधिले ९९ प्रतिशत काम गर्ने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले जानकारी दिनुभयो ।

यो रोगको उपचार निःशुल्क मात्रै छैन उपचारमा आएकालाई सरकारले यातायात खर्च समेत दिँदै आएका छन् । किटाणुबाट रोग लाग्ने भएकाले ‘पूर्व जन्मको पाप’ भनेर भ्रम नफैलाउन सबैमा कार्यालयले अनुरोधसमेत गरेको छ ।

यो रोग पूर्ण निको पार्न बढीमा १२ महिनासम्म औषधि लिनुपर्छ । नेपालमा अहिले दुई हजार ५६३ जना रोगी नियमित उपचारमा छन् ।

वि.सं.२०७३ माघ १६ आइतवार १०:३३ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...