काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान पुर्याएका मोहनबहादुर केसीले नेकपा एमालेको पदिय जिम्मेवारी परित्याग गरेका हुन् ।
तत्कालिन नेकपा तथा हाल नेकपा (एमाले) अध्यक्ष रहेका केपी शर्मा ओलीले जर्वजस्ती संसद विघट्न गरी गैरसंवैधानिक काम गरेको, प्रतिगमनको यात्रामा लागेको, आँफैले मारेर अदालतबाट ब्युँतिएको नेकपा (एमाले) लाई पनि पुनः समाप्त पार्ने खेलमा लागिपरेकाले एमालेको केन्द्रिय प्रशासन विभागको सदस्य पदमा नरहने भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
केसी स्याङ्जा/पर्वत लगाएतका जिल्लामा कम्युनिष्ट पार्टी स्थापना गर्दै निजामती प्रशासनमा ट्रेड युनियनको स्थापना गर्दै प्रशासन क्षेत्रमा लामो समय योगदान गरेका व्याक्ति हुन् ।
वि.सं.२०७७ फागुन २९ शनिवार १२:४९ मा प्रकाशित






























