back
CTIZAN AD

महाशिवरात्रिको अवसरमा १०८ शिवलिङ्ग प्रतिस्थापन

वि.सं.२०७७ फागुन २९ शनिवार

606 

shares

२९ फागुन, बागलुङ । गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसरमा निर्माणाधीन शिवलिङ्ग मण्डपमा १०८ शिवलिङ्गका मूर्ति प्रतिस्थापन गरिएको छ । महाशिवरात्रि पर्वका अवसरमा विधिवत् पूजापाठ गरी मूर्ति प्रतिस्थापन गरिएको हो ।

सिद्धेश्वर शिवालय मन्दिर सेवा समितिका अनुसार मण्डपमा शिवलिङ्गसँगै द्वादश रुद्रका १२, एकादश रुद्रका ११ र पञ्चमुखी पशुपतिनाथका पाँच मूर्ति राखिएको छ । विभिन्न दाताबाट सहयोग जुटाएर मूर्ति प्रतिस्थापन गरिएको शिवलिङ्ग मण्डप व्यवस्थापन समितिका अध्यक्ष राज थापाले जानकारी दिए । “न्यूनतम रु। २१ हजारदेखि रु। एक लाख १० हजारसम्म सहयोग गर्ने दाता छन, अहिलेसम्म सय जना मण्डप निर्माणको अभियानमा जोडदिएका”, उनले भने । समितिले २०७ दाताको सहयोगमार्फत शिवलिङ्ग मण्डप निर्माणलाई पूर्णता दिने लक्ष्य लिएको छ । मण्डप निर्माणका लागि स्वतःस्फूर्त रुपमा सहयोग जुटिरहेको छ ।

शिवलिङ्गसहित सबै मूर्ति पवित्र कालीगण्डकी नदीका शिलामा कुँदिएको हो । विसं १८१० मा निर्मित उक्त मन्दिरलाई धार्मिक एवं साँस्कृतिक सम्पदास्थलका रुपमा विकास गर्न समिति र स्थानीयवासी लागिपरेका छन् । मन्दिरको पुनःनिर्माणसहित बृहत्तर विकास योजना अघि बढाइएको मन्दिरका अध्यक्ष ज्ञानबहादुर थापाले बताए । संरक्षण अभावमा अस्तित्व सङ्कटबाट गुज्रेको मन्दिरले विस्तारै मुहार फेर्दैछ । दश वर्षे गुरुयोजना बनाएर काम थालिएको अध्यक्ष थापाको भनाइ छ । उनका अनुसार जीर्ण अवस्थामा पुगेको मन्दिरलाई पुरातात्विक कला, कौशल झल्कने गरी पुनःनिर्माण गरिनेछ ।

मन्दिरसहित धर्मशाला, सभाकक्षलगायतका संरचना बनाउने योजना समितिले अघि सारेको छ । “स्थानीयवासीको पहल र सहयोगमा मन्दिरको काम अगाडि बढाइएको छ”, अध्यक्ष थापाले भने “सरकारी निकायबाट खास सहयोग आएको छैन, ऋणधन गरेरै भएपनि मन्दिर संरक्षण अभियानमा लागेका छौँ ।” जग्गा व्यवस्थापन, घेराबार, पर्खाललगायत संरचना बनाउँदा हालसम्म रु. १५ लाख जति खर्च भइसेकेको छ । गत आर्थिक वर्षमा गलकोट नगरपालिकाले दिएको रु. दुई लाखबाहेक अन्य निकायबाट कुनै सहयोग आएको छैन । मन्दिर व्यवस्थापनले ऋण काढेर भएपनि कामलाई गति दिएको छ ।

झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्री र बालाचर्तुदशी पर्वमा ठूलो मेला लाग्ने गर्छ । विशेष पर्वबाहेक मन्दिरमा दैनिक पूजाआजासमेत हुने गरेको छ । जिल्लाकै पुरानो र महिमा बोकेको शिवालयका रुपमा मन्दिरको चिनारी छ ।

पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आइ त्यस ठाउँमा बस्न थालेपछि शिवालय मन्दिर स्थापना गरिएको गाउँका अगुवा बताउँछन् । मन्दिरको नाममा बाह्रमुरी धान आउने दुई खेत पनि छन् । खेती लाउन दिइएको ठेक्काबाट आउने रकम मन्दिरको पूजा व्यवस्थापनमा खर्च हुन्छ । मन्दिरसँगै जोडिएको ऐतिहासिक नाच्ने डाँडाले पनि सो ठाउँको महत्व बढाएको छ ।

उक्त डाँडामा वर्षेनी तीज पर्वको अवसरमा मेला लाग्छ । मन्दिरदेखि दुई किमि दुरीमा रहेको पाण्डुकेशरी गुफासँग पनि शिवालयको साइनो छ । वर्षेनी बालचर्तुदशीका दिन मन्दिरबाट सतबीज छर्दै गुफामा पुग्ने चलन छ । समितिकै पहलमा मन्दिर–गुफा जोड्ने गरी पदमार्ग निर्माण गरिएको छ ।

यही वर्ष मन्दिर परिसर र पदमार्ग आसपासमा पिपल, वर, स्वामी, कपुरलगायत धार्मिक महत्वका सयौँ बोटबिरुवासमेत रोपिएको छ । रासस

वि.सं.२०७७ फागुन २९ शनिवार १२:५१ मा प्रकाशित

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...