back
CTIZAN AD

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उत्साहजनक’

वि.सं.२०७७ फागुन २९ शनिवार

771 

shares

२९ फागुन, मार्तडी । नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक शुभाष चन्द्र घिमिरेले सुदूरपश्चिम प्रदेशका आर्थिक वृद्धिदर उत्साहजनक रहेको बताएका छन् ।

शुक्रबार खप्तड छेडेदह गाउँपालिकाको ‘एक घर, एक बैंक’ नमूना गाउँपालिका घोषणा कार्यक्रममा निर्देशक घिमिरेले तथ्याङ्कको हिसाबले जहाँ वित्तीय पहुँच र बंैकिङ पहुँच बढेको छ त्यहाँ तुलनात्मकरुपले आर्थिक वृद्धि बढेको बताए ।

विगतको तथ्याङ्कलाई हेर्दा आर्थिक वृद्धिदरमा सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशभन्दा एक तहले मात्र अगाडि रहेको तथ्य प्रस्तुत गर्दै उनले पछिल्लो समयमा सरकारले लिएको लक्ष्यअनुसार राष्ट्र बैंकले नीति बनाएर कार्यान्वय गर्ने जानकारी दिए।

प्रदेश कार्यकारी निर्देशक घिमिरेले आम्दानीबाट बचत गर्ने र सोहीबाट बचेको रकमलाई खर्च गरेमा बचत वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे । वित्तीय बैंकको पहुँचका कारण सुदूरपश्चिम प्रदेशमा आर्थिक वृद्धिदरसमेत बढ्दै गएको निर्देशक घिमिरेले जानकारी दिए । आर्थिक वृद्धिका लागि बैंक ग्रामीण भेगमा पुग्नु र बैंकमा खाता खोल्नु अत्यावश्यक भएको घिमिरेको भनाइ छ । उनले गाउँपालिकामा वित्तीय बैंक सञ्चालन भएपछि गाउँका नागरिकले बैंक बचतका सिकाउनु नपर्ने हुँदा खुशी व्यक्त गरे् ।

गाउँपालिकाको आयोजनामा गरिएको ‘एक घर, एक बैंक खाता’ सञ्चालन नमूना घोषणा कार्यक्रममा निर्देशक घिमिरेले देशमा राजनीतिक दललेसमेत आर्थिक मुुद्दालाई विशेष प्राथमिकता राख्दै आएको उल्लेख गर्दै भौगोलिक विकट भए पनि आर्थिकरुपमा अघि बढाउन गाउँपालिकामा भएका जैविक विविधताका सम्भावनालाई प्रयोग गरी आम्दानीको स्रोत बनाउनुपर्नेमा जोड दिए ।

गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले सो कार्यक्रम सञ्चालनका लागि गरिएको अभियानमा सहयोग गर्ने निकायलाई धन्यवाद दिए । उनले गाउँपालिकाका सातवटै वडाका स्थानीयलाई बचत गर्दा हुने फाइदा र बचतले गर्दा पाउने सेवासुविधाको सचेतनापछि एक घर एक बैंक खाता नमूना गाउँपालिका घोषणा गर्न सफल भएको बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले घरघरमा बैंक खाता सञ्चालन भएकाले सरकारले लिएको नीति अवलम्बन गरिएको बताए। उनले सरकारले लिएको नीतिअनुसार बैंक खाता खोलेर बचत गर्ने कार्य अघि बढाइनु प्रशंसनीय कार्य भएको प्रजिअ गैह्रले बताए । विद्यालयका सांस्कृति कार्यक्रम, वडाका महिलाद्वारा देउडा, स्थानीय पर्व भुवाचालीलगायत प्रदर्शन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले राससलाई जानकारी दिए ।रासस

वि.सं.२०७७ फागुन २९ शनिवार १४:०९ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...