
२९ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ३६२ नमुना परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ६० जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार १८७ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७१ हजार २४९ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका २ जनासँगै हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ ।
त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ४९ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ९१५ रहेको छ ।
त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २२ लाख १२ हजार ७९६ वटा नमुना परीक्षण गरिएको छ ।