back
CTIZAN AD

यस्तो विज्ञप्ति निकाल्दै गोइत समूहले लियो बम विस्फोटको जिम्मा

वि.सं.२०७७ चैत १ आइतवार

792 

shares

१ चैत्र, धनुषा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहले लिएको छ ।

८ जना घाइते हुनेगरी भएको विस्फोट आफूले गराएको भन्दै प्रेस विज्ञप्ति जारी गरी विस्फोटको जिम्मेवारी सो समूहले लिएको हो ।
मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको जनाएको छ ।

आइतबार दिउँसो लहान नगरपालिका–८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने कोठामा विस्फोटक पदार्थ विस्फोट हूदा ८ जना घाइते भएका हुन् ।

विस्फोटमा परी लहान नगरपालिका–१६ बस्ने ५२ वर्षीय लालबहादुर विक, विष्णुपुर गाउँपालिका–३ बस्ने मालपोत कार्यालयका नायब सुब्बा ३८ वर्षीय शिव कुमार यादव, सिरहा धनगढीमाई नगरपालिका–४ बस्ने ३० वर्षीय दिनेशकुमार भण्डारी, गोलबजार नगरपालिका–६ बस्ने ३५ वर्षीया लक्ष्मी राणा, सोही ठाउँ बस्ने ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका–४ बस्ने ३८ वर्षीया फूलकुमारी ठाकुर, धनगढीमाई नगरपालिका–१३ बस्ने ८२ वर्षीय भोलाबहादुर पाचे मगर र भगवानपुर गाउँपालिका–३ बस्ने ५४ वर्षीय बद्रिनारायण यादव घाइते भएका छन् ।

घाइतेहरुमध्ये दिनेशकुमारको अवस्था गम्भीर तथा लालबहादुर विक, फूलकुमारी ठाकुर र बद्रिनारायण यादवको अवस्थामा मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

वि.सं.२०७७ चैत १ आइतवार १८:५१ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...