back
CTIZAN AD

कम्युनिस्टहरु विसर्जित हुन्छन् कि भनेर रत्तिभर नडराऔं

वि.सं.२०७७ चैत १ आइतवार

654 

shares

अब त नयाँ शिराबाट यी भित्रका र बाहिरका सच्चा, स्वच्छ र स्वाभिमानी क्रान्तिकारीहरुको एकैसाथ ध्रुवीकरण, शुद्धीकरण र रुपान्तरण भएर एउटा सशक्त क्रान्तिकारी, देसभक्त र जनवादी कम्युनिस्ट पार्टी बन्छ । यस्तो पार्टीले नै देसमा भीषण क्रान्तिकारी आन्दोलनको आँधिबेहरी ल्याउँछ र क्रान्ती पूर्णरुपले सम्पन्न हुन्छ ।

अहिले सत्तासीन नेकपा फुटाएर सत्ताबाट, सरकारबाट र सदनबाट कम्युनिस्टहरुलाई हटाउन लागे । माओवादी पनि फुटिहाल्यो । हुँदाहुँदा धेरै अघिदेखी नफुटेर देसको सबैभन्दा ठूलो पार्टी बनेको एमाले पनि फुट्नै लाग्यो आदि/इत्यादि भनेर जनता/कार्यकर्ता अत्यन्त चिन्तित छन् । साथै,अब आउने चुनावमा त काङ्ग्रेस, जसपा, राप्रपाजस्ता प्रतिकृयावादी, दलाल र प्रतिगामी शक्तिहरुले जित्लान् र शोषण, दमन र अत्याचार चर्काउलान् । राजा ज्ञानेन्द्र र राजतन्त्र फर्काउलान् र देसै भारत/अमेरिकाका पोल्टामा पार्लान् भनेर पनि धेरै सन्ताप मानिरहेको अवस्था छ ।
यसैगरी, यस्तो अति भएपछी त कम्युनिस्टहरु पनि समाप्त हुन्छन्, क्रान्ती पनि हुँदैन र देसै पनि रहँदैन कि भनेर पनि धेरै शोकसन्तप्त भएको स्थिती समेत छ भने साम्राज्यवादी, विस्तारवादी र प्रतिक्रियावादी शक्तिहरु र तिनका दलालहरु भने कम्युनिस्टहरु सिद्धिन लाहेको ठानेर हर्षोल्लास मनाइरहेका छन् ।

तर, सत्य के हो भने शोषण, दमन, अन्याय, अत्याचार र असमानता रहेसम्म कम्युनिस्ट सिद्धिने कुरा त प्रतिक्रियावादीहरुको मृगतृष्णा र आत्मरती मात्रै हो । सत्ता, सरकार, सदन र यिन्को सेरोफेरोबाट हटाएपछी यी कम्युनिस्टहरु सिद्धिन्छन् भन्ने पनि होइन ।

बरु क्रान्तिकारीहरु त पुरानै प्रतिक्रियावादी सत्ता, सरकार र सदनमा गएपछी वा जाने सम्भावना भएपछी पो बिग्रिएर सकिन्छन् र सकिएका छन् र यहाँ पनि अहिले यही भैरहेछ अर्थात् सिद्धिने प्रकृयामा छन् । यदी यी कम्युनिस्टहरु सच्चा कम्युनिस्ट नै हुन् भने र यिनीहरु सत्ताको सेरोफेरोमा भएनन् भने त यिनीहरु सडकमा र संघर्षमा जान बाध्य हुन्छन् अनि त यी खारिन्छन्, सुदृढ हुन्छन् र सबल हुन्छन् । तत्पश्चात बल्ल यिन्ले क्रान्ती गर्छन् र साम्राज्यवादी, विस्तारवादी र प्रतिकृयावादी लगायतका शक्तिहरुको लूटको स्वर्ग ध्वस्त पार्छन् ।

हो, एउटा कुरा के हो भने हाल सत्ताको रसास्वादन गरेकामध्ये केही अत्यन्त अवसरवादी, भ्रष्ट/दुष्ट र दलाल/गद्दारहरु भने क्रान्तिमा आउने छैनन् र त्यस्ता त रुपान्तरण हुन पनि सक्तैनन् । यदी शुद्धीकरण नभएरै क्रान्तिमा आएभने त तिनले फेरि पार्टी र क्रान्तिलाई प्रदूषित र भ्रष्टीकृत गर्दछन् । त्यसैले ती न आएकै राम्रो । तथापि अत्यधिक ठूलो संख्या शुद्धीकरण र रुपान्तरण भएर क्रान्तिमै आउने छन् । क्रान्तिको बाटो नै बाङ्गोटिङ्गो, उतारचढावपूर्ण र दुसाध्य हुन्छ र छ नै। त्यसैले सकेसम्म कोही पनि यो अप्ठेरो बाटोमा सहजै आउन्नन् तर जब बाध्यता आइलाग्छ तब अत्यधिक मानिसहरु जस्तोसुकै खतरा मोलेर समस्याबाट मुक्त हुन चाहन्छन् । त्यसैले ढुक्क होऔं नेकपा लगायतका कम्युनिस्टहरु अहिले विचलित, विभाजित र विघटित भएर विसर्जित हुन्छन् कि भनेर रत्तिभर नडराऔं ।

आज यी कम्युनिस्ट भनिएकाहरु फुटेका क्रान्तिकारी नभएकाले, देसभक्त नरहेकाले र जनवादी न बनेकाले अर्थात् लोभी/पापी, स्वार्थी/सन्की, भ्रष्ट/दुष्ट, दलाल(गद्दार र बेमान/बदमास भएर अनि सजिलो बाटो मात्र खोज्नेहरु धेरै भएर हो । तिनीहरु नै पार्टीमा हावी भएर हालीमुहाली हुने गरेरर पो यस्तो विकृती/विसङ्गती र विचल्ली भएको हो । त्यसैले अब त नयाँ शिराबाट यी भित्रका र बाहिरका सच्चा, स्वच्छ र स्वाभिमानी क्रान्तिकारीहरुको एकैसाथ ध्रुवीकरण, शुद्धीकरण र रुपान्तरण भएर एउटा सशक्त क्रान्तिकारी, देसभक्त र जनवादी कम्युनिस्ट पार्टी बन्छ । यस्तो पार्टीले नै देसमा भीषण क्रान्तिकारी आन्दोलनको आँधिबेहरी ल्याउँछ र क्रान्ती पूर्णरुपले सम्पन्न हुन्छ । त्यसपछि त क्रान्तिकारी कम्युनिस्ट सत्ता, क्रान्तिकारी कम्युनिस्ट सरकार र क्रान्तिकारी कम्युनिस्ट जनप्रतिनिधिसभा र सदन बन्छ र देसमा सामाजिक न्याय, आर्थिक समानता, आत्मिक सुख, दीगो शान्ती र समग्र समृद्धि हुन्छ, हुन्छ ।

तसर्थ अब सत्ताधारी नेकपाका न्याय, समानता, स्वतन्त्रता र समृद्धिका पक्षधर सम्पूर्ण सच्चा देसभक्त र क्रान्तिकारी कम्युनिस्ट नेता, कार्यकर्ता, जनसमुदाय, संघसंस्था र संगठनहरुसहित देसविदेसमा छरिएर रहेका नेपाली कम्युनिस्ट क्रान्तिकारीहरु नयाँ ढङ्गले एकताबद्ध र सुदृढ बनौं । साहस, समर्पण र सकृयताका साथ संकल्पबद्ध भै संघर्षरत होऔं । नेपालमा हामी कम्युनिस्ट क्रान्तिकारीहरुको भविश्य जरुर उज्ज्वल छ । क्रान्तिकारी चेतना भया ।

वि.सं.२०७७ चैत १ आइतवार १९:३१ मा प्रकाशित

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

काठमाडौँ । ऊर्जा क्षेत्रजस्तो दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा समन्वय, निरन्तरता...

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

नेपालमा कम्युनिष्ट आन्दोलन वर्गसंघर्ष, समानता र जनताको मुक्तिको मार्गचित्रबाट सुरु...

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन वा रूपान्तरणले समयसँगै सामाजिक संरचना, संस्था र सम्बन्धहरूको...

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

न्यायालय न्याय, समानता र स्वतन्त्रताको आधार हो।यसको सुदृढता बिना कुनै...