back
CTIZAN AD

नेपाल पाकिस्तान फेन्डसिप क्रिकेट प्रतियोगिताकाे उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीलालाई

वि.सं.२०७७ चैत २ सोमवार

750 

shares

२ चैत्र, काठमाडौं । नेपाल पाकिस्तान फ्रेन्डसिप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । पाकिस्तान दूताबासले आयोजना गरेको छैटौं संस्करणको प्रतियोगिता आईतबार सम्पन्न भएको हो ।

धुम्बाराहीस्थित पाकिस्तान दुताबासको मैदानमा भएको प्रतियोगितामा कुल १२ टोलीको सहभागीता रहेको थियो । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरि लिग कप नकआउटका आधारमा प्रतियोगिता संंचालन गरिएको थियो ।

छैटौं संस्करणको प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले जितेको छ । शनिबार भएको फाइनलमा ग्रेट हिमालय क्रिकेटले एन्जल्स हार्ट एकेडेमीलाई १०७ रनले पराजित गरेको थियो । विजेता र उपविजेता टोलीलाई राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्रले मेडल प्रदान गरेका थिए ।

कार्यक्रमको समापन नेपालका लागि पाकिस्तान राजदूत शैयद हैदर शाले गरेका थिए । समापन कार्यक्रममा मुख्य अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, अतिथीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल रहेका थिए ।

खेल समापनमा बोल्दै राजदूत हैदरले आगामी दिनमा यस्ता प्रतियोगिता संचालन गरिरहने बताए ।दुई देशबीच आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धका लागि हरेक वर्ष यस प्रतियोगिता हुँदै आईरहेको छ । समापन अवसरमा उसले सहभागी टोली, अफिसियल लगायतालाई करिब २० हजार बराबरको उपहार बाँडेको थियो ।

वि.सं.२०७७ चैत २ सोमवार ०७:२९ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...