back
CTIZAN AD

बक्सिङ्ग प्रशिक्षक तालिम सम्पन्न

वि.सं.२०७७ चैत २ सोमवार

708 

shares

२ चैत्र, काठमाडौँ । बाग्मती प्रदेश खेलकुद परिषदको आयोजनामा संचालन भएको ५ दिने बक्सिङ्ग प्रशिक्षक तालिम आईतवार सम्पन्न भएको छ ।

फाल्गुन २६ गते देखि शुरु भएको बाग्मति प्रदेश स्तरिय राष्ट्रिय बक्सिङ्ग प्रशिक्षणमा ६० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकको सहभागिता रहेको थियो । बागमति प्रदेशका १३ जिल्लाका प्रशिक्षकले प्रशिक्षण लिएका थिए ।

सहभागिलाई नेपालका प्रमुख प्रशिक्षक प्रकाश थापामगर, भारतको पटियालाबाट एनआईएस तालिममा महिलातर्फ उत्कृष्ठ नतिजा ल्याउन सफल प्रियंका बर्मा, ओलम्पियन तथा बक्सिङ्ग प्रशिक्षक डम्बर दत्त भट्ट, आईबा २ स्टार कोच लालबहादुर पौडेल, आईबा ३ स्टार कोच दिपक महर्जन, तथा योग प्रशिक्षक तथा मास्टर ईन स्पोर्टस साईन्सका विद्यार्थी पुष्करराज पन्तले उक्त प्रशिक्षण सञ्चालन गरेका थिए ।

समापनका अवसरमा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, बाग्मती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बरिष्ठ उपाध्यक्ष अर्जुनवहादुर केसी, काभे्र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनवीर लामाले राष्ट्रिय प्रशिक्षकको तालिममा उत्रिणा हुने ६० जना प्रशिक्षकलाई प्रमाण पत्र वितरण गरेका थिए । सो अवसरमा बाग्मती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले काभ्रे जिल्लाका लागि बक्सिङ खेल सामाग्री हस्तान्तरण गरेका थिए ।

दुर्गा दूलाल

 

वि.सं.२०७७ चैत २ सोमवार ०७:३५ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...