back
CTIZAN AD

चितवनमा चार चक्के मेशिनबाट धान रोपाइँ

वि.सं.२०७७ चैत २ सोमवार

600 

shares

२ चैत्र, चितवन । जिल्लामा पहिलोपटक चार चक्के मेशिनबाट धान रोपाइँ गरिएको छ । रत्ननगर नगरपालिका–६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौली र खैरहनी–१२ स्थित साना किसान कृषि सहकारी संस्था कुमरोजले खरिद गरेको चार चक्के मेशिनबाट रोपाइँ गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले सहकारी संस्थामार्फत धान रोप्नका लागि चीनबाट दुई वटा चारचक्के मेशिन मगाएको थियो । रु २० लाख ९० हजारका दरले खरिद गरिएका दुई वटा मेशिनमा परियोजनाले ५० प्रतिशत अनुदान दिएको छ । मेशिन प्राप्त भएपछि शनिबारदेखि दुई दिन सोही मेशिनबाट धान रोपाइँ गरिएको थियो ।

परियोजनाको धान जोन कार्यक्रमका अधिकृत माधव पौडेलले यस मेशिनबाट धान रोप्दा उत्पादकत्व बढ्ने र खर्च घट्ने बताए। “यो प्रविधि सस्तो र सरल छ”, उनले भने,“उत्पादकत्व बढ्ने भएकाले किसानको आकर्षण बढ्छ भन्नेमा विश्वस्त छौँ ।” सहकारी संस्थामार्फत सञ्चालनमा आएको उक्त मेशिन देशमै पहिलो पटक हो । यसअघि झपाको महारानीझोडामा एक जना व्यवसायीले यस्तो मेशिन भित्र्याएका थिए । चितवनमा यसअघि तीन पाङ्ग्रे मेशिनबाट धान रोपाइँको थालनी भएको थियो तर त्यसमा किसानको रूचि खासै नदेखिएपछि परियोजनाले नयाँ विकल्पका रूपमा चार चक्के मेशिन ल्याउन तयारी थालेको थियो । यस मेशिनबाट भने किसान सन्तुष्ट देखिएका छन् ।

मेशिनको प्रयोग गरी धान रोप्नका लागि ब्याडको छुट्टै व्यवस्था गर्नुपर्छ । खेताला खोजेर खेतमै ब्याड राख्ने गरिएकोमा मेशिनले रोप्ने बीउ भने ‘ट्रे’ (बीउ जमाउन प्रयोग गरिने भाँडो)मा जमाउनुपर्छ । उस्तै आकारका ट्रेमा माटो र मल राखेर जमाइएको बीउ रोप्नयोग्य भएपछि मेशिनले खेतमा लगेर लाइन मिलाएर रोप्छ ।

बीउ लगाउने मेशिन पनि स्वचालित र ‘मेनुअल’ पाइन्छन् । साना किसान कृषि सहकारी संस्था बछौलीसँग स्वचालित र कुमरोजसँग मेनुअल सिडर मेशिन छ । स्वचालित मेशिनले एक घण्टामा ५०० ट्रेमा बीउ राख्न सक्छ । एक सय ६० ट्रेमा हुर्किएको बीउले एक बिघा क्षेत्रफलमा रोप्न पुग्छ । एक दिनमा राखेको बीउले २५ बिघासम्म रोप्न सकिन्छ ।

वि.सं.२०७७ चैत २ सोमवार १०:५८ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...