back

दोस्रो निबन्ध सङ्ग्रह ‘उद्बोधन’ लिएर आए मित्रलाल पंज्ञानी

वि.सं.२०७७ चैत २ सोमवार

558 

shares

प्रगतिवादी धाराका स्थापित कवि तथा निबन्धकार मित्रलाल पंज्ञानी यसपटक आफ्नो दोस्रो निबन्ध सङ्ग्रह ‘उद्बोधन’ लिएर पाठक सामु उपस्थित भएका छन् ।

कविता, निबन्ध, बाल उपन्यस गरी १७ वटा पुस्तकाकार कृति पाठक सामु ल्याएका उनको यस निबन्ध कृति ‘उद्बोधन’ पुस्तकको मिति फागुन २९ गते शनिवार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

इच्छुक सांस्कृतिक प्रतिष्ठान तथा भुँडीपुराण प्रकाशनको संयुक्त आयोजनामा उक्त पुस्तक सार्वजनिक तथा परिचर्चा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने समीक्षकहरूले ‘उद्बोधन’ निबन्ध सङ्ग्रहले समाजशास्त्रीय, लैङ्गिक, वैचारिक, राजनीतिक तथा वर्गीय हिसावले अध्ययन गर्नेहरूका लागि प्रशस्त सामग्री दिएको बताए ।

उपभोक्तावादी तथा कर्पोरेट साहित्यले बजार छाएको समयमा समाजवादी यथार्थवादी साहित्यका माध्यमबाट आएको प्रस्तुत कृति सबैका निम्ति पठनीय रहेको टिप्पणीकारहरूको धारणा थियो ।

निबन्ध लेखनको ढाँचा वस्तुपरक र आत्मपरक हुने बताउँदै वरिष्ठ माक्र्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेययले पुस्तकको चर्चा गर्दै मित्रलालको यो कृति वस्तुपरक र आत्मपरकताको राम्रो संयोजन भएको बताए । उनले निबन्धहरू छोटा तर विषयवस्तु खँदिलो प्रकारले समावेश गरिएको बताउँदै यसले प्रगतिवादी निबन्धलाई माथि उठाएको छ भने ।

डा. पाण्डेयले मित्रलाल पंज्ञानीको प्रस्तुत कृतिको केन्द्रीय विषयमा मानिस रहेको औँल्याउँदै मान्छेले व्यक्त गर्ने विचार, आदर्शअनुरूप व्यवहार नगरेको कुराप्रति तिखो टिप्पणी निबन्धहरूमा प्रकट भएका छन् भने । निबन्धमा ‘शिक्षकको काम सूचना दिनु मात्र नभई विद्यार्थीलाई सिर्जनात्मक बन्न सिकाउनु पनि हो’ भन्नेकुरा उठाइएकोले कतै आफू पनि त्यस्तो हुन सकिएन कि भन्ने डर लागेको अनुभूति भयो भने ।

पुस्तकबारे चर्चा गर्दै प्रगतिवादी आख्यानकार इस्मालीले आम मान्छेलाई सरोकार राख्ने विषय प्रस्तुत सङ्ग्रहमा समेटिएको बताए । उनले यस निबन्ध सङ्ग्रहमा विशेषतः मान्छेको जीवन भोगाइका चित्र अङ्कित भएपनि यसले समग्र नेपाली जनताको परिवेश औँल्याएको बताए ।

No description available.
त्यसैगरी पुस्तकको चर्चा गर्दै डा.रजनी ढकालले पुस्तकको लेखन शैली निकै आकर्षक रहेको र कवितात्मकता एवम् बिम्बात्मकता प्रचुर मात्रामा रहेकोले ‘उद्बोधन’ सबैका निम्ति उपयोगी रहेको बताइन् । साथै उनले प्रस्तुत निबन्धहरूमा महिलालाई हेलाहोचो गर्ने नेपाली समाजको चरित्र देखाइएको तर लेखक पनि असावधानिबस एकाध स्थानमा चुकेको हो कि भनेर प्रश्न गरिन् ।

निबन्धहरूले वर्गीय पक्षधरता लिएता पनि केही निबन्धहरू आदर्शवादी धाराबाट प्रभावित रहेको टिप्पणीकारहरूको भनाइ थियो ।
पुस्तकमा विषयको गहिराइ तथा अनुभूतिको गाम्भीर्य र चित्रात्मक प्रस्तुति रहेको अर्का टिप्पणीकार तथा कार्यक्रमका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीको थियो ।

अर्का टिप्पणीकार डा.धनप्रसाद सुवेदीले मित्रलालको यस निबन्धसङ्ग्रह उद्बोधनले नेपाली समाजको चरित्रचित्रण गरेको, आदर्श समाजको अपेक्षा गरेको र मान्छे मान्छेजस्तो हुनुपर्ने विचार प्रस्तुत गरेको बताए ।

सहभागी लेखक, कवि, कलाकार तथा साहित्यप्रति अभिरुची राख्ने प्रवुद्ध व्यक्तित्वहरूले खचाखच भरिएको इच्छुक प्रतिष्ठानको ‘इच्छुक प्रेक्षालय’मा आयोजित कार्यक्रमको सञ्चालन इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्रगतिवादी कवि तथा आख्यानकार हिरामणि दुःखीले गरेका थिए भने अध्यक्षता प्रतिष्ठानकै कार्यसमितिका सदस्य बरिष्ठ माक्र्सवादी समालोचक, कवि प्रा.डा. जगदीशचन्द्र भण्डारीले गरेका थिए ।

कार्यक्रममा सहभागी सबै पाहुनाहरूलाई भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीले धन्यावाद ज्ञापन गरेका थिए ।

 

वि.सं.२०७७ चैत २ सोमवार १२:४२ मा प्रकाशित

Himalayan Life AD
लघु कथा- हराम प्रसादको फूर्ति

लघु कथा- हराम प्रसादको फूर्ति

मूरलीचोक थानाका थानेदार हराम प्रसाद दर्जाले सई भएपनि चुरीफुरीले ठुलै...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

काठमाडौं । सर्जक सरस्वती भित्रकोटीद्वारा रचित ‘प्रेमपत्र’ मुक्तक–संग्रह शनिबार बालुवाटारस्थित...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. स्मृति मर्दैन कहिल्यै जब एक्लोपन आउँछ...

चारु

चारु

तेजप्रसाद खनाल लमही, दाङ तिम्रा मेरा जिन्दगीका रहर अधुरा छन्...

सुसेली

सुसेली

घनश्याम पौडेल,पोखरा १ सबै–सबैमा एकादशी पर्वको शुभकामना २. फूल खसेर...