
२ चैत्र, काठमाडौं । कुमारी बैंक लिमिटेड र मेरिना ईम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाई सम्बन्धी सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्य तथा मेरिना इम्पेक्सको तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि मेरिना इम्पेक्सले काठमाडौंको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाललगायत विभिन्न शाखाबाट सर्टिङसुटिङ लगायत सम्पूर्ण सिलाइसम्बन्धी सेवामा बैंकको डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गरे कार्डवाहकले २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।