back
CTIZAN AD

यस्तो छ भोलिको संसद बैठकको कार्यसूची

वि.सं.२०७७ चैत २ सोमवार

708 

shares

२ चैत्र, काठमाडौं । संसद सचिवालयले भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यक्रमको कार्यसूची सार्वजनिक गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

भोलि दिउँसो १ बजेका लागि बोलाइएकोे बैठकमा कार्यसूचीअनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन् ।

बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन पछि संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरी बैठक सकिने सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

सरकारले संसदमा प्रस्तुत गर्न खोजेको संवैधानिक परिषद् सम्बन्धी सहित ७ वटा विधेयकका बारेमा आज बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि भोलिको बैठक शोक प्रस्ताव गरेर सकिने भएको  हाे ।

प्रतिनिधि सभा विघटन बदर गरेसँगै १३ दिनभित्र अधिवेशनको बैठक राख्न सर्वोच्चले परमादेश जारी गरे अनुसार फागुन २३ गते संसदको सातौँ अधिवेशनको पहिलो बैठक बसेकाे थियाे ।  यसपछि  २६ गते दोस्रो  बैठक बसेको थियो ।

File Pic

वि.सं.२०७७ चैत २ सोमवार १९:२२ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...