
२ चैत्र, काठमाडौँ । नेकपा (माओवादी क्रान्तिकारी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र साउद संगठनको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएका छन् ।
साउदले संगठन विरोधी अराजक गतिविधि गरेको हुँदा उनलाई साधारण सदस्य समेत नरहने गरी संगठनबाट बर्खास्त गरिएको जनाइएको छ ।
अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र साउदले संगठन विरोधी अराजक गतिविधि गरेको हुँदा उहाँलाई सधारण सदस्य समेत नरहने गरी संगठनबाट बर्खास्त गरिएको छ ।’