back
CTIZAN AD

माधव पक्षीय भेलाको निष्कर्ष : राष्ट्रिय भेला नरोक्ने, बालुवाटारको चियापानमा नजाने

वि.सं.२०७७ चैत २ सोमवार

603 

shares

चैत २, काठमाडौं । नेकपा (एमाले)का दुई समूहबीच भएको छलफल सहमती उन्मुख नभएपछि माधवकुमार नेपाल पक्षले बोलाएको राष्ट्रिय भेला नरोक्ने भएको छ । बानेश्वरको एक होटेलमा आफुँ निकटका सांसद तथा केन्द्रीय सदस्यलाई बोलाएर नेता नेपालले यस्तो बताएका हुन् ।

फागुन २८ मा प्रधानमन्त्री ओली पक्षले बेग्लै बैठक बसालेर माधव नेपालसहित उनी पक्षीय नेताहरुलाई साबिक जिम्मेवारीबाट हटाएका थिए । साथै विधान संशोधन गर्दै केन्द्रीय समिति पनि बढाएका थिए ।

जुन निर्णयको विरोध उत्रिएको माधव नेपाल पक्षले समानान्तर कमिटीको घोषणा गर्दै चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल निष्कर्ष बिहिन बनेसँगै नेपाल पक्ष कार्यकर्ता भेला नरोक्ने निर्णयमा पुगेको हो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा झण्डै सबा दुई घण्टासम्म चलेको छलफल विना निष्कर्ष टुंगीएको थियो । माधव पक्षले फागुन २८ को निर्णय अमान्य बताएको थियो भने ओली पक्षले सोही निर्णयलाई टेकेर मात्र अगाडि जान सक्ने बताएको थियो ।

यसैबीच माधव नेपाल पक्ष ओलीले आयोजना गरेको चियापानमा सहभागी नहुने भएको छ । राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको माधव पक्षले बालुवाटारमा चैत ७ मा बोलाइएको चियापान कार्यक्रममा सहभागी नहुने निर्णय गरेको हो ।

वि.सं.२०७७ चैत २ सोमवार १८:२० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...