back
CTIZAN AD

किन गरियो सन्ध्या तिवारी नेतृत्वको पार्टीको नाम परिवर्तन ?

वि.सं.२०७७ चैत २ सोमवार

771 

shares

२ चैत्र, काठमाडौँ । केहि महिना अघि निर्वाचन आयोगमा दर्ता भएको सन्ध्या तिवारी नेतृत्वको पार्टी नेकपा(एमाले) को नाम फेरिएको छ ।

निर्वाचन आयोगको पत्रानुसार पार्टीको नाम परिवर्तन गरी ‘जनताको जनवाद पार्टी (जजपा) राखिएको तिवारीद्वारा आयोगलाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।

नेकपा नाम विवादका बारेमा सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएपछि निर्वाचन आयोगले फागुन २५ गते तिवारी नेतृत्वको पार्टीलाई नाम परिवर्तन गर्न पत्राचार गरेको थियो ।

तिवारीद्वारा नाम संसोधनका लागि निर्वाचन आयोगलाई जानकारी गराइएको पत्रमा ‘आइतबार बसेको केन्द्रीय कमिटी बैठकले यसअघि रहेको नेकपा एमालेको नाम परिवर्तन गर्दै पार्टीको नाम जनताको जनवाद पार्टी (जजपा) नेपाल राख्ने निर्णय गरेको उल्लेख छ ।’

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को नेतृत्वभित्र टकराव बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा(एमाले) आयोगमा दर्ता भएको थियो ।

वि.सं.२०७७ चैत २ सोमवार १८:१३ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...