back
CTIZAN AD

सहिद दिवसमा दशरथ चन्दको जन्मघरमा कार्यक्रम

वि.सं.२०७३ माघ १७ सोमवार

1.1K 

shares

१७ माघ,बैतडी। सहिद दिवसको अवसरमा आइतबार सहिद दशरथ चन्दको जन्मघर बैतडीमा विभिन्न कार्यक्रम गरिएको छ ।

सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको भवनदेखि सहिद दशरथचन्दको जन्मघरसम्म प्रभातफेरी गरिएको थियो । जन्मघर नजिकको सालिकमा प्रहरीद्वारा सलामी अर्पण गरिएको थियो भने विभिन्न व्यक्तिले सहिद दशरथचन्दको शालिकमा माल्यापर्ण गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले सहिदको सपना पूरा गर्न सबैले लाग्नुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष शेरसिंह रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दुईजना अपाङ्गता भएका व्यक्ति र दुई जना असहाय महिलालाई प्रतिष्ठानले अन्नदान गरेको थियो । यस्तै प्रतिष्ठानका पूर्व अध्यक्ष देवसिंह रावल र मीना चन्दलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

वि.सं.२०७३ माघ १७ सोमवार ०७:२७ मा प्रकाशित

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ...