Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

सहिद दिवसमा दशरथ चन्दको जन्मघरमा कार्यक्रम



१७ माघ,बैतडी। सहिद दिवसको अवसरमा आइतबार सहिद दशरथ चन्दको जन्मघर बैतडीमा विभिन्न कार्यक्रम गरिएको छ ।

सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको भवनदेखि सहिद दशरथचन्दको जन्मघरसम्म प्रभातफेरी गरिएको थियो । जन्मघर नजिकको सालिकमा प्रहरीद्वारा सलामी अर्पण गरिएको थियो भने विभिन्न व्यक्तिले सहिद दशरथचन्दको शालिकमा माल्यापर्ण गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले सहिदको सपना पूरा गर्न सबैले लाग्नुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष शेरसिंह रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दुईजना अपाङ्गता भएका व्यक्ति र दुई जना असहाय महिलालाई प्रतिष्ठानले अन्नदान गरेको थियो । यस्तै प्रतिष्ठानका पूर्व अध्यक्ष देवसिंह रावल र मीना चन्दलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।