back
CTIZAN AD

वि.सं.२०७३ माघ १७ सोमवार

903 

shares

१७ माघ,खोटाङ। सदरमुकाम दिक्तेलको हाटडाँडा र स–छितापोखरीस्थित पञ्चमीबजारमा निर्माण गरिएको फलफूल तथा तरकारी बिक्री केन्द्रमा जुत्ता, चप्पल र कपडा पसल पनि सञ्चालन गरिएको छ ।

ग्रामीण पहुँच कार्यक्रम ¥यापले चार वर्षअघि निर्माण गरेको बिक्री केन्द्रमा अहिले जिल्लाका ठूला व्यापारीले जुत्ता, चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेको पाइएको हो ।

कृषकका लागि भनेर निर्माण गरिएका पक्की छाप्रामा अहिले ठूला व्यापारीले कब्जा जमाएर जुत्ता, चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेको खाल्लेका नेत्रबहादुर कटवालले बताउनुभयो ।

“हामी फलफूल तथा तरकारी व्यापारीले पाखामा सामान राखेर बिक्री गर्नुपर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो – “ठूला व्यापारीको हेपाहा प्रवृत्तिप्रति सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत सुनुवाइ भएको छैन ।”

दिक्तेलको हाटडाँडामा रु ७० लाख र स–छितापोखरीको पञ्चमीबजार रु ३० लाखको लागतमा पक्की छाप्रा, शेड, सडक, खानेपानी, ढल, शौचालय, पशु बधशाला निर्माण गरिएको छ । जिल्लाको अर्थोपार्जन र विनिमयको प्रमुख माध्यम मानिएको कृषि व्यवसायलाई व्यवस्थित ढङ्गले बिक्री वितरण गर्न दुवै ठाउँमा पूर्वाधार निर्माण गरिएको हो ।

बाह्र रोपनी क्षेत्रफल ओगटेको दिक्तेलको हाटडाँडामा निर्माण गरिएका सबै टहरामा ठूला व्यापारीले कब्जा जमाएपछि कतिपय कृषकले उत्पादन गरेको कृषि उपज हटियामा बिक्री हुने मूल्यको आधा मूल्यमा व्यक्तिले खोलेका बिक्री केन्द्रमा लगेर बेच्नुपर्ने बाध्यता रहेको किसानहरुको गुनासो छ ।

कृषि उपज बाहिर पाखामा नै राखेर बिक्री गर्दा पनि छाप्रोमा राख्नेले जत्तिकै शुल्क बजार व्यवस्थापन समितिलाई तिनुपर्ने बाध्यता रहेको कृषक बताउँछन् । “हिउँदको समयमा त जसोतसो बाहिरै राखेर भए पनि बिक्री गरिन्छ ।” एक कृषकले भने – “वर्षाको समयमा बाहिर राखेर बिक्री गर्नुपर्दा सबैभन्दा बिजोग हुन्छ ।”

दिक्तेलमा लाग्ने हटियालाई व्यवस्थित गर्न आफूहरु लागिरहेको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिनुभयो । “अव्यवस्थित हटियामा बिचौलियासमेत मौलाएको छ ।” उहाँले भन्नुभयो – “बिचौलिया नियन्त्रण गर्दै हटियालाई व्यवस्थित गर्न वाणिज्य सङ्घ लागिपरेको छ ।”

जिल्लाको प्रमुख व्यपारिक केन्द्रका रुपमा रहेको हाटडाँडामा प्रत्येक हप्ताको बुधबार र शनिबार तथा दक्षिणी क्षेत्रमा पर्ने पञ्चमीबजारमा १५÷१५ दिनमा हटिया लाग्ने गरेको छ ।

वि.सं.२०७३ माघ १७ सोमवार ०७:५७ मा प्रकाशित

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ...

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

भद्रपुर (झापा) । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय...