Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo



१७ माघ,खोटाङ। सदरमुकाम दिक्तेलको हाटडाँडा र स–छितापोखरीस्थित पञ्चमीबजारमा निर्माण गरिएको फलफूल तथा तरकारी बिक्री केन्द्रमा जुत्ता, चप्पल र कपडा पसल पनि सञ्चालन गरिएको छ ।

ग्रामीण पहुँच कार्यक्रम ¥यापले चार वर्षअघि निर्माण गरेको बिक्री केन्द्रमा अहिले जिल्लाका ठूला व्यापारीले जुत्ता, चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेको पाइएको हो ।

कृषकका लागि भनेर निर्माण गरिएका पक्की छाप्रामा अहिले ठूला व्यापारीले कब्जा जमाएर जुत्ता, चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेको खाल्लेका नेत्रबहादुर कटवालले बताउनुभयो ।

“हामी फलफूल तथा तरकारी व्यापारीले पाखामा सामान राखेर बिक्री गर्नुपर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो – “ठूला व्यापारीको हेपाहा प्रवृत्तिप्रति सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत सुनुवाइ भएको छैन ।”

दिक्तेलको हाटडाँडामा रु ७० लाख र स–छितापोखरीको पञ्चमीबजार रु ३० लाखको लागतमा पक्की छाप्रा, शेड, सडक, खानेपानी, ढल, शौचालय, पशु बधशाला निर्माण गरिएको छ । जिल्लाको अर्थोपार्जन र विनिमयको प्रमुख माध्यम मानिएको कृषि व्यवसायलाई व्यवस्थित ढङ्गले बिक्री वितरण गर्न दुवै ठाउँमा पूर्वाधार निर्माण गरिएको हो ।

बाह्र रोपनी क्षेत्रफल ओगटेको दिक्तेलको हाटडाँडामा निर्माण गरिएका सबै टहरामा ठूला व्यापारीले कब्जा जमाएपछि कतिपय कृषकले उत्पादन गरेको कृषि उपज हटियामा बिक्री हुने मूल्यको आधा मूल्यमा व्यक्तिले खोलेका बिक्री केन्द्रमा लगेर बेच्नुपर्ने बाध्यता रहेको किसानहरुको गुनासो छ ।

कृषि उपज बाहिर पाखामा नै राखेर बिक्री गर्दा पनि छाप्रोमा राख्नेले जत्तिकै शुल्क बजार व्यवस्थापन समितिलाई तिनुपर्ने बाध्यता रहेको कृषक बताउँछन् । “हिउँदको समयमा त जसोतसो बाहिरै राखेर भए पनि बिक्री गरिन्छ ।” एक कृषकले भने – “वर्षाको समयमा बाहिर राखेर बिक्री गर्नुपर्दा सबैभन्दा बिजोग हुन्छ ।”

दिक्तेलमा लाग्ने हटियालाई व्यवस्थित गर्न आफूहरु लागिरहेको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिनुभयो । “अव्यवस्थित हटियामा बिचौलियासमेत मौलाएको छ ।” उहाँले भन्नुभयो – “बिचौलिया नियन्त्रण गर्दै हटियालाई व्यवस्थित गर्न वाणिज्य सङ्घ लागिपरेको छ ।”

जिल्लाको प्रमुख व्यपारिक केन्द्रका रुपमा रहेको हाटडाँडामा प्रत्येक हप्ताको बुधबार र शनिबार तथा दक्षिणी क्षेत्रमा पर्ने पञ्चमीबजारमा १५÷१५ दिनमा हटिया लाग्ने गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले