back
CTIZAN AD

आधा दर्जन गाउँका बासिन्दा आर्सेनिकयुक्त पानी पिउँदै

वि.सं.२०७३ माघ १७ सोमवार

915 

shares

१७ माघ,कञ्चनपुर। कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रका आधा दर्जन बढी गाउँका बासिन्दा स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् ।

शुद्ध पानी उपलब्ध नहुँदा बन्साहा, खजुवा, नौखरी, गणेशपुर, लक्ष्मीपुर सिकलपट्टि, असैनालगायत क्षेत्रका बासिन्दा आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका हुन् ।

नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना बनाउन खटिएको टोलीले गरेको अध्ययनमा हातेपम्पबाट तानिने पानीमा आर्सेनिकको मात्रा अधिक रहेको पाइएको हो ।

अध्ययनका क्रममा हातेपम्पबाट निकालिएको पानीमा आर्सेनिकको मात्रा ५० पिपिएभन्दा बढी रहेको बताएको रिव्स इन्जिनियरिङ कन्सल्टेन्ट तथा डेभलपमेन्ट कन्सल्टेन्ट प्रालिका परामर्शदाता डा केदार दाहालले बताउनुभयो । “हातेपम्प २० फुटदेखि ४० फुटसम्म गाडिएका क्षेत्रमा बढी आर्सेनिकयुक्त पानी पाइएको छ” – उहाँले भन्नुभयो ।

हातेपम्प सय मिटरमुनि गाडिएको पानीमात्रै खान योग्य हुने उहाँको भनाइ छ । असैना निवासी ज्ञानबहादुर विष्टले केही वर्षअघि गैरसरकारी संस्थाले समेत जाँच गर्दा आर्सेनिकयुक्त ठह¥याइएका हातेपम्पबाट तानिएको पानी पनि स्थानीय बासिन्दाले प्रयोग गर्दै आएका छन् भन्नुभयो ।

नगरपालिकाका करिव ९० प्रतिशत बासिन्दा हातेपम्पको पानीे प्रयोग गर्छन् ।

आर्सेनिकयुक्त पानीको प्रयोग गरेमा छालाका रोगहरु, आन्द्रा, दाँतको सङ्क्रमणसँगै दीर्घकालीन आर्सेनिकोसिस रोग लागि छाला, फोक्सो, ब्लड क्यान्सर हुने सम्भावना रहने पिपलाडी स्वास्थ्य चौकीका सिअहेब चेतराज भट्टले बताउनुभयो ।

“गर्भवती महिलालाई समेत आर्सेनिकयुक्त पानीले असर पु¥याउँछ” – उहाँले भन्नुभयो, “ लगातार दुईदेखि १० वर्षसम्म आर्सेनिक धेरै भएको पानी खाने मानिसलाई रोग देखिन सक्छ । रोग बढ्दै गएपछि हत्केला र पैतालामा गिर्खा देखापर्न थाल्छन्, स्वास्थ्य सुरुमा नदुख्ने, नपोल्ने गिर्खा बढ्दै गएपछि उपचार गरिएन भने यिनै गिर्खाबाट क्यान्सर भएर मानिसको मृत्यु हुनसक्छ ।”

निर्धारित मापदण्डअनुसार पानी न्यूनतम् १० माइक्रोग्राम प्रतिलिटर आर्सेनिक भए बाह्य सरसफाइका लागि प्रयोग गर्न सकिने र न्यूनतम शून्य दशमलब ०५ माइक्रो प्रतिलिटर मात्रै पिउन योग्य मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले भने एक लिटरमा १० माइक्रो ग्रामसम्म आर्सेनिकयुक्त पानी पिउन योग्य मानेको छ ।

वि.सं.२०७३ माघ १७ सोमवार ०८:१५ मा प्रकाशित

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...