चैत ३, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रममा माधवकुमार नेपाल पक्षका केहि सांसद पनि सहभागी भएका छन् । बिहान ११ः३० देखि सुरु चियापान कार्यक्रममा यसअघि माधव नेपाल पक्षमा देखिएका ३ सांसदहरु सहभागी भएका हुन् ।
चियापानमा माधव पक्षमा देखिएका सांसदहरु समिना हुनेस, विष्णु शर्मा र राधादेवी ज्ञवाली सहभागी छन् । साथै यसअघि कुनै गुटमा नरहेको बताईरहेका लालबाबु पण्डित पनि सहभागी भएका छन् ।
सर्वोच्चको आदेशसँगै नेकपा (एमाले) पुर्वअवस्थामा फर्किएको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले चियापानको आयोजना गरेका हुन् । ओलीले आयोजना गरेको चियापानलाई माधव नेपाल र बामदेव गौतम पक्षले बहिस्कार गरेको छ ।
आज नै माधव पक्ष र गौतम पक्षले बेग्ला–बेग्लै कार्यक्रम राखेको छ ।
वि.सं.२०७७ चैत ३ मंगलवार १३:२० मा प्रकाशित






























