३ चैत्र, काठमाडौं । तीनदिन देखि लगातार रुपमा सुनको भाउ स्थिर रहेको छ ।
सोमबार छापावाला सुन तोलाको ८६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको थियो आजपनि सोहि मूल्यमा कारोबार हुँदै छ । तेजावी सुनपनि आज ८६ हजार १५० रुपैँयामा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आजको बजारमा चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।