back
CTIZAN AD

एक वर्षदेखि अलपत्र जयबागेश्वरीको आकाशेपुल

वि.सं.२०७७ चैत ६ शुक्रवार

672 

shares

६ चैत, काठमाडौँ । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयबागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण शुरु गरेको आकाशे पुल एक वर्षदेखि अलपत्र बनेको छ ।

महानगरपालिका–८ स्थित धेरै मानिसको आवतजावत हुने पशुपति क्षेत्रमा सडक पार गर्न सहज होस् भनी निर्माण शुरु गरिएको आकाशे पुल बिजुलीको तार भूमिगत नहुँदा अलपत्र बनेको वडाध्यक्ष दिनेशकुमार डङ्गोलले राससलाई जानकारी दिए । महानगरपालिकाले रु ७७ लाखको लागतमा पुल निर्माण गर्न लागेको हो । मासिक लाखौँ मानिस पशुपतिनाथ मन्दिर दर्शनमा आउने गरेका छन् । आकाशे पुल नहुँदा दुर्घटनाको जोखिम बढेको छ । सडकमा सवारी चाप भएका बेला सिफलबाट पशुपतितिर जान लामो समय कुर्नुपरेको दर्शनार्थी यात्रु रमा सिग्देलको गुनासो छ ।

तार भूमिगत गर्न रु १२ लाख बजेट लाग्ने लागत स्टमेट अनुमान गरिए पनि बजेट व्यवस्थापन हुन नसक्दा एक वर्षदेखि आकाशे पुल अलपत्र बनेको वडा कार्यालयले जनाएको छ । पुल निर्माण गर्ने जिम्मेवारी पाएको रिजेन्सी कन्स्ट्रक्सनले सूचना पाटीसमेत नराखी काम गरेकामा स्थानीय शारदाप्रसाद वैद्यले आपत्ति जनाए ।
रासस

वि.सं.२०७७ चैत ६ शुक्रवार १३:०७ मा प्रकाशित

बँदेलको आक्रमणबाट मृत्यु

बँदेलको आक्रमणबाट मृत्यु

बरहथवा (सर्लाही) । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको...

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती...

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

भक्तपुर । यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...