back
CTIZAN AD

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षा तालिका सार्वजनिक

वि.सं.२०७७ चैत ८ आइतवार

852 

shares

८ चैत, काठमाडौं । चैत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५ वर्षे वी.ए.एल.एल.वी. चौथो वर्ष २०७६ को आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।

यस्तोृ छ तालिका

Exam Schedule: 5 Years B.A LLB 4th Year, Partial 2076

त्रिभुवन विश्वविद्यालय

परीक्षा नियन्त्रण कार्यालय बल्खु

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने कानून संकायतर्फ ५ वर्षे वी.ए.एल.एल.वी. चौथो वर्ष २०७६ को आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।

परीक्षा समयः बिहान ७.०० बजेदेखि १०.००बजेसम्म     परीक्षा केन्द्र काठमाडौ महेन्द्ररत्न क्याम्पस, ताहाचल, पोखरा पृथ्वीनारायण क्याम्पस, पोखरा

Date Code Subjects
2077-12-19 Law-553 Environmental Law
2077-12-20 Law-563 Private International Law
2077-12-22 Law-556 Labour Law
2077-12-23 Law-560 Socio-economic Crime
2077-12-24 Law-555 Taxation Law
2077-12-25 Law-562 Law of Sea and International River
2077-12-26 Law-551 Administrative Law
2077-12-27 Law-552 Family Law/Clinical Law-558
2077-12-29 Law-564 Law of Insurance
2077-12-30 Law-554 Criminology and penology
2077-12-31 Law-561 Forensic Science

द्रष्टव्यः

१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।

२. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।

३. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो.प. मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।

४. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला ।

५. परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ ।

६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ ।

७. परीक्षा भवनभित्र मोवाइल फोन जस्ता विद्युतीय उपकरण र परीक्षामा निषेधित सामाग्रीहरू साथमा लिएर प्रवेश गर्न पाइने छैन ।

८. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपांगता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।

९. त्रि.वि. को निर्णयानुसार परीक्षा केन्द्र परिवर्तन सम्बन्धी प्रावधान हटाइएको छ ।

यो सूचना परीक्षा नियन्त्रण कार्यालय, बल्खुको  www.tuexam.edu.np मा हेर्न सकिनेछ ।

परीक्षा नियन्त्रक

वि.सं.२०७७ चैत ८ आइतवार ०९:४२ मा प्रकाशित