८ चैत्र, काठमाडौं । आज मंगलबारको बजारमा सुनको मूल्य ३ सय रुपैँयाले ओरालो लागेको छ ।
सोमबार ८७ हजार रुपैयाँमा कारोबार भएको छापावालाको सुनको मूल्य आज ३ सय रुपैँयाले घटेर प्रतितोला ८६ हजार ७ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनपनि आज ८६ हजार २५० रुपैँयामा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आजको बजारमा चाँदीको भाउ पनि घटेको छ। तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७७ चैत १० मंगलवार ११:५५ मा प्रकाशित






























