
सामाजिक सेवालाई मुख्य उद्देश्य बनाएर देशमा धेरै संघ संस्था स्थापना भएका छन् । तर ति संघ संस्थाले समुदायको लागि कति काम गर्न सक्यो भनेर मूल्याङ्न गर्नतिर राज्यको ध्यान जान सकिरहेको छैन । जनतालाई भाँडो देखाएर अप्रत्यक्ष रुपमा माग्ने काम गरिरहेका छन् ति संघ संस्थाका मालिकहरु । तर सबै संघ संस्थाको हकमा त्यो नियम लागु नहुन पनि सक्छ । सुर्याेदय क्लव स्याङ्जाका अध्यक्ष अनन्तकुमार श्रेष्ठ भने आफ्नो संस्था अरु भन्दा फरक रहेको दावी गर्छन् । कस्तो संस्था हो सुर्याेदय क्लव ? यसले के के काम गर्दै आइरहेको छ ? यसै विषयमा केन्द्रित रहेर क्लवका अध्यक्ष श्रेष्ठसँग संसार न्युज डटकमका लागि संगीता पनेरुले गरेको कुराकानीको अंश:
सुर्याेदय क्लव कस्तो संस्था हो ?
यो एउटा गैरसरकारी र सामाजिक संस्था हो । सामाजिक सचेतना वृद्धि गर्ने उदेश्यले २०५४ सालमा यसको स्थापना गरिएको हो । यसले सामाजिक सचेतना वृद्धि गर्दै कृषि,स्वास्थ्य र शिक्षामा विशेष जोड दिँदै आएको छ ।
५४ सालदेखि स्थापना भएको यो संस्थाले अहिलेसम्म के के काम गरेको छ ?
यो संस्थाको मुख्य उद्देश्य समाजलाई आवश्यक पर्ने विभिन्न संघ संस्थाको स्थापना गरिदिने हो । समुदायको नेतृत्वमा आवश्यक संघ संस्थाको स्थापना गराउने र संचालनमा सहयोग गर्ने काम गरिरहेको छ । आन्तरिक तथा वाह्य स्रोत साधनको परिचालन गरी थुप्रै कार्यक्रमहरुको पनि आयोजना गर्दै आइरहेको छ । अहिले सम्म सुर्याेदय क्लवको मातहतमा सुर्याेदय बचत तथा ऋण सहकारी संस्था, सुर्याेदय एजुकेशन एकेडेमी, शिशु निकेतन आवासीय माध्यामिक विद्यालय , सुर्याेदय संरक्षक कृषक समूह, समावेशी कृषि सहकारी संस्थाको स्थापना भइसकेको छ । त्यसैगरी २०७० सालदेखि हामीले सुर्याेदय लघुवित्त वित्तिय संस्थाको पनि स्थापना गरेका छौं । यो नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त बैंक अन्तर्गत पर्दछ ।
सुर्याेदय लघुवित्तले कहाँ कहाँ आफ्नो सेवा विस्तार गरेका छ त ?
यसको केन्द्रीय कार्यालय स्याङ्जा हो । अहिले सम्म लघु वित्तले १० जिल्लाबाट आफ्नो कारोबार सुरु गरेको छ । स्याङ्जा, पर्वत, गुल्मी, लमजुङ, मनाङ, मुस्ताङ् म्याग्दी, रोल्पा प्युठान र बाग्लुङबाट कारोबार भइरहेको यो लघुवित्तमा २५ हजार महिला दिदीबहिनीहरु सदस्य छन् । संस्थाको नाफा भन्दा पनि सेवा बढी होस भन्ने उद्देश्य लघुवित्तको छ । हामी महिलाहरुलाई उद्यमशिल बनाइ आत्मनिर्भर बनाउने प्रयत्न गरीरहेका छौं ।
सामान्य ढंगले बुझ्दा सुर्याेदय क्लव एनजिओ हो । एनजिओले विदेशबाट डलर ल्याउँछ, केही काम गरे जस्तो गर्छ, अनि बाँकी रकम आफैं कुम्ल्याउँछ भन्ने आरोप पनि लाग्छ नी ? यो संस्थाको हकमा के छ ?
हो हाम्रो संस्था एक किसिमले एनजिओको रुपमा दर्ता भएको कुरा साँचो हो । तर तपाईंले भने जस्तो डलर ल्याउने र कुम्ल्याउने काम कदापी भएको छैन र हुँदैन पनि । हामी अहिले सकेसम्म आन्तरिक स्रोत साधनलाई परिचालन गरी समाजको समृद्धि गर्ने दिशामा गइरहेका छौं । हामीले जहाँ जहाँ संस्थाहरु खोलेका छौं त्यहाँ त्यहाँ सुव्यवस्थित तरिकाले संचालन पनि गरेका छौं । हामीले संचालन गरेका कार्यक्रम भरपर्दाे र विश्वसनीय छ । सामाजिक र आर्थिक रुपमा टेवा पु¥याउन देखिने गरी हामीले काम गरेका छौं । एउटा व्यक्तिले रोजेको र चाहेको काम गर्नको लागि हामीले ति व्यक्तिलाई अनुदान र कर्जा उपलब्ध गराएका छौं । हाम्रो संस्थाले गरेका काम कहिँ पनि अपारदर्शी र अव्यवस्थित छैैन । जुन काममा हात हालेका छौं त्यसलाई पूरा नगरी अर्काे काम सुरु गर्दैनौ । हामीले यहीको स्रोत र साधनलाई प्रयोग गरेका छौं । यहींका समुदायका जनताले सुका सुका जम्मा गरेको रकमलाई सदुपयोग गरेका छौं र सामाजिक रुपमा सचेतना जगाएका छौं ।
आगामी रणनीति के छ ?
हामीले अहिले एउटा अध्ययन गरिरहेका छौं । त्यो के हो भने ‘एक घर मासिक १० हजार ।’ हामी अव प्रत्येक गाउँका घर घर पुग्छौं र आम्दानी ग्यारेन्टी गर्छौं । हामीले त्यसो गर्दा उहाँहरु हाम्रो कार्यक्रममा अनिवार्य सहमत हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसमा हामीले एउटा वडामा कम्तीमा २० जनाको समूह बनाउँछौं । २० जना मान्छे आवद्ध समूहबाट प्रत्येक एक जनाले एक रोपनी जग्गामा खेती गर्न तयार हुनुपर्छ । हामीसँग ठूलो स्केलमा जमीन बाँझिँदै गएका छन् । तर त्यो अनुसारको जनशक्ति छैन । त्यसैले एक परिवारको लागि एक रोपनी जमीन छुट्टाएका हौं । यही हिसावले ९ वडाका ९ समूहले एक÷एक रोपनीमा खेति गर्दा १ सय ८० रोपनी जग्गामा खेति हुन्छ । हामीले खेति गर्न मात्र लगाउँदैनौं । बजारले माग गरेको वस्तु उत्पादन गर्न लगाई बजार व्यवस्थापन पनि आफैं गरिदिन्छौं । यति गरेपछि एक परिवार १० हजार मासिक रुपैयाँ आम्दानी गराउन कुनै गाह्रो हुने छैन भन्ने कुरा हाम्रो संस्था र हामी ढुक्क छौं ।
यो कार्यक्रम कहिले देखि सुरु गर्नुहुन्छ ?
हामीले अहिले सम्भावित ठाउँहरुमा अध्ययन गरिरहेका छौं । यो कार्यक्रम अलि अगाडी नै सुरु हुनुपर्ने थियो । तर गत वर्षको भूकम्पले प्रभावित बनायो । अबको वैशाक सम्ममा अध्ययन सकी प्राविधिक काम लाग्छौं । त्यसपछि कार्यक्रम सुरु हुन्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
देशको समृद्धिको लागि हामी सबै आ–आफ्नो ठाउँबाट लागि परौं । अरु कसैले गरिदिओस भन्ने चेतबाट मुक्त होउँ । अनुदान र ऋण ल्याउन सक्दा बहादुर ठान्ने प्रवृत्तिलाई त्यागौं । आफूसँग भएको सीप, क्षमता र दक्षतालाई प्रयोग गरौं, इमान्दारिताका साथ काम गरी समाज र देशको समृद्धिमा टेवा पु¥याउँ भनि सम्पूर्णलाई आग्रह गर्न चाहान्छु ।