back
CTIZAN AD

विकास निर्माणमा राजनीति गर्न नहुने

वि.सं.२०७३ माघ १८ मंगलवार

1K 

shares

१८ माघ,इलाम। नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले इलाम क्षेत्र नं १ अन्तर्गत कोल्बुङमा निर्माण भइरहेको विकास निर्माणका गतिविधिको आज स्थलगत अनुगमन गर्नुभएको छ ।
सांसद विकास कोषअन्तर्गत सञ्चालन भइरहेका विद्युतीकरण, विद्यालय निर्माण, सडकलगायत पूर्वाधारको अनुगमन गरिएको हो । अनुगमनपछि पूर्वप्रधानमन्त्री खनालले कुनै पनि विकास निर्माणमा राजनीति गर्न नहुने बताउँदै विकासका गतिविधि पारदर्शी रूपले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन क्षेत्र नं १ का सांसद खनालका तर्फबाट करिब रु तीन करोड भन्दा बढीका योजना सञ्चालन भएका छन् । विकासका योजना समयमै सम्पन्न गर्न पनि उहाँले सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

वि.सं.२०७३ माघ १८ मंगलवार ०८:०१ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...