back
CTIZAN AD

छ महिनामा सत्र प्रतिशत विकास बजेट खर्च

वि.सं.२०७३ माघ १८ मंगलवार

1.1K 

shares

चितवन। चालु आर्थिक वर्षको छ महिनामा जिल्लामा विकास निर्माणका लागि निकासा भएको बजेटको १७ दशमलव ४६ प्रतिशत मात्र खर्च भएको छ ।

पुस मसान्तसम्ममा पँुजीगततर्फ रु ६८ करोड ४५ लाख ६२ हजार ५६७ मात्र खर्च भएको छ । पुस मसान्तसम्ममा पुँजीगततर्फ रु तीन अर्ब ९१ करोड, ९५ लाख १७ हजार निकासा भएको थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल गङ्गा विश्वकर्माका अनुसार यस आवमा सबैभन्दा ठूलो विकास बजेट रहेको मुग्लिन–नारायणगढ सडक योजनाको ११ दशमलव ३६ प्रतिशतमात्र खर्च भएको छ । सो आयोजनाको रु एक अर्ब ५५ करोड ६६ लाख सात हजार बजेट निकासा भएकामा रु १७ करोड ६९ लाख ३६ हजार ३४३ मात्र खर्च भएको छ ।

यस्तै दोस्रो ठूलो बजेट रहेको डिभिजन सडक कार्यालयको ४५ दशमलव ७८ प्रतिशत खर्च भएको छ । सो कार्यालयको रु ६३ हरोड ८८ लाखमध्ये हालसम्म रु २९ करोड २४ लाख ५८ हजार खर्च भएको छ । जनताको तटबन्धको रु २४ करोड बजेटमध्ये रु ४९ लाख ७० हजार मात्र खर्च भएको छ । जुन दुई प्रतिशतमात्र हुन आउँछ ।

गत आवको छ महिनामा ८ दशमलव ४७ प्रतिशत मात्र खर्च भएको थियो । गत वर्ष पुस मसान्तसम्मका लागि रु चार अर्ब ५९ करोड ३६ लाख ६१ हजार बजेट निकासा भएकामा रु ३८ करोड ९१ लाख ७७ हजार मात्र खर्च भएको थियो । गत वर्ष सबैभन्दा ठूलो विकास बजेट रहेको मुग्लिन–नारायणगढ सडक आयोजनाले ११ दशमलव ७३ प्रतिशतमात्र खर्च गरेको थियो । गत वर्ष सो आयोजनाको रु एक अर्ब ७६ करोड ८८ लाख ५२ हजार बजेट रहेको थियो ।

जिल्लाका अधिकांश कार्यालयले आवको अन्त्यतिर मात्र निकासा भएको बजेट खर्च गर्ने गर्छन् । ढिला गरी काम गर्दा अनुगमन कम हुने र कामको प्रभावकारिता समेत कम हुने गर्छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकास बजेट समयमा नै सही सदुपयोग हुने गरी खर्च गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको बताउनुभयो । ती क्षेत्रको अनुगमनका लागि छुट्टै संयन्त्र बनाएर काम थालिने उहाँको भनाइ छ ।

वि.सं.२०७३ माघ १८ मंगलवार ११:२० मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...