११ चैत्र, काठमाडौँ । कतारमा कार्यरत गैरआवासीय अभियन्ता टिबी कार्कीले माधव नेपाल, झलनाथ खनाल बेगरको एमाले हुन नसक्ने बताएका छन् ।
गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्षसमेत रहेका कार्कीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्झाउन शकंर पोखरेल, बिष्णु पौड्याल, प्रदिप ज्ञवाली र सुबास नेम्बागसँग आग्रह गरेका छन् ।
माधव नेपाल, झलनाथ खनाल, भिम रावल, सुरेन्द्र पाण्डे, धनश्याम भुसालहरु लामो इतिहास बोकेका नेताहरु एमालेका सम्पत्ति भएको हुँदा यिनीहरु बेगारको एमाले कल्पना गर्न नहुने उनको भनाई रहेको छ ।
एमाले फ़ुटदा नेपालको बामपन्थी आन्दोलनले नै बिश्राम लिन सक्ने चिन्ता व्यक्त गर्दै उनले एकतामै जोड दिने नेताहरुलाई अनुरोध गरेका छन् ।
उनले पोखरेल, पौड्याल, ज्ञवाली र नेम्बागलाई अध्यक्ष ओलीको हरेक ग़लत र अपार्दशी र बिधी बिधान मिच्दै गरिएका निर्णयको भागीदार र साक्षी नबन्न समेत आग्रह गरेका छन् ।
कार्कीले स्टाटसमा लेखेका छन्:
शकंर कमरेड, बिष्णु पौड्याल कमरेड, प्रदिप ज्ञवाली कमरेड, सुबास नेम्बाग कमरेड बा लाई कृपया सम्झाउनु होला ।
एमालेको नबौ महाधिवेशन पछीको अर्थात सर्वोच्चको निर्णय पछी पार्टीको बिधीसम्बत १० औ बैठक सबै पदाधिकारी र सदस्यहरु सहितको बैठक बसाल्नुहोस , जे जे निर्णय गर्नु छ कमिटी प्रणाली अनुरुप गराउनु होला ।
तपाईंहरु भविष्य बोकेको हाम्रो राम्रो ज़बज बुझेको नेताको रुपमा एमाले पक्त्तिले हेरेको नेता हो । बा का हरेक ग़लत र अपार्दशी र बिधी बिधान मिच्दै गरिएका हरेक निर्णायको भागीदार र साझी कृपया नबन्नुहोला।
माधब नेपाल, झलनाथ खनाल, भिम रावल, सुरेन्द्र पाण्डे , धनश्याम भुसालहरु जस्ता लामो इतिहास बोकेका नेताहरु एमालेका सम्पतीहरु हुन, यिनीहरु बेगारको संयुक्त एमाले कल्पना बाहिरको यथार्थता नहोस ।
नेकपा टुटे जस्तो हैन , एमाले फ़ुटदा नेपालको बामपन्थी आन्दोलनले नै बिश्राम लिन सक्दछ १ समयलाई पहिचान गरौ र सबैले समंयमता अपनाऔ ।
एकतामा नै बल छ र यसैमा सबैको भलाई अनि भबिष्य पनि रहनेछ ।
भाई फ़ुटे गवार लुटे हुन कदापी पनि नदेने कार्य गर्न तर्फ कोर्शलाई अगाडी बनाउनु होला शुभकामना सहित धन्यबाद ।
टि। बी। कार्की
कतार १
वि.सं.२०७७ चैत ११ बुधवार १५:४० मा प्रकाशित
























