back
CTIZAN AD

थ्री नेसन्स कपको लागि नेपाली टिमको घोषणा, यी २३ खेलाडीले पाए मौका

वि.सं.२०७७ चैत ११ बुधवार

831 

shares

११ चैत, काठमाडौँ । दशरथ रंगशालामा जारी थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाली पुरुष राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोलीको घोषणा गरेका छन्।

मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई, गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का र छिरिङ गुरुङ पहिलो पटक टिममा परेका छन् ।

त्यसैगरी राष्ट्रिय क्याम्पमा प्रशिक्षण लिइरहेका गोलकीपर जोडी बिष्ट श्रेष्ठ र विशाल सुनुवार, डिफेन्डर्स पालसाङ लामा, सूरज विक र विकास खवास, मिडफील्डर हेमन्त थापा मगर र सन्तोष तामाङ र फरवार्ड आशीष लामा, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ भने राष्ट्रिय टीमबाट बाहिरिएका छन्। उनीहरु अब क्याम्पबाट रिलीज हुनेछन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू-२३ टिम सहभागी छन् । प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानलाई १-० गोलले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ । घरेलु टोली नेपालले बिहीबार कीर्गिस्तानसँग पहिलो खेल खेल्नेछ ।

थ्री नेसन्स कपको लागि नेपालको टिम :

गोलकीपर : किरण कुमार लिम्बू ९कप्तान०, विकेश कुथु, दीप कार्की

डिफेन्डर : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजीत भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ ।

मिडफिल्डर्स : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिष्ट, संजोग राई, विशाल राई, सुनील बल, रवीशंकर पासवान

फरवार्ड  : अञ्जन बिष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास

वि.सं.२०७७ चैत ११ बुधवार १५:५९ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...