
११ चैत, काठमाडौँ । दशरथ रंगशालामा जारी थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाली पुरुष राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोलीको घोषणा गरेका छन्।
मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई, गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का र छिरिङ गुरुङ पहिलो पटक टिममा परेका छन् ।
त्यसैगरी राष्ट्रिय क्याम्पमा प्रशिक्षण लिइरहेका गोलकीपर जोडी बिष्ट श्रेष्ठ र विशाल सुनुवार, डिफेन्डर्स पालसाङ लामा, सूरज विक र विकास खवास, मिडफील्डर हेमन्त थापा मगर र सन्तोष तामाङ र फरवार्ड आशीष लामा, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ भने राष्ट्रिय टीमबाट बाहिरिएका छन्। उनीहरु अब क्याम्पबाट रिलीज हुनेछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू-२३ टिम सहभागी छन् । प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानलाई १-० गोलले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ । घरेलु टोली नेपालले बिहीबार कीर्गिस्तानसँग पहिलो खेल खेल्नेछ ।
थ्री नेसन्स कपको लागि नेपालको टिम :
गोलकीपर : किरण कुमार लिम्बू ९कप्तान०, विकेश कुथु, दीप कार्की
डिफेन्डर : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजीत भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ ।
मिडफिल्डर्स : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिष्ट, संजोग राई, विशाल राई, सुनील बल, रवीशंकर पासवान
फरवार्ड : अञ्जन बिष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास