back
CTIZAN AD

चारदिनमा ७४ विद्यार्थी संक्रमित भएपछि स्नातकतहको परीक्षा नै स्थगित

वि.सं.२०७७ चैत १२ बिहीवार

771 

shares

१२ चैत, पोखरा । पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत ७४ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि परीक्षा नै स्थगीत गरिएको छ ।

सहायक क्याम्पस प्रमुख सुनिल दाहालका अनुसार चारदिनको अवधिमा ७४ विद्यार्थी कोरोना संक्रमित भएपछि स्नातक तहको पहिलो र दोस्रो वर्षको परीक्षा स्थगीत गरिएको छ ।

गत मंगलबार शंका लागेपछि एक विद्यार्थीले पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका १९ जनामा संक्रमण भए\नभएको परीक्षण गर्दा उनीहरुमा पनि पोजेटिभ आएको थियो ।

शुक्रबार १ सय १८ विद्यार्थीको परीक्षण गर्दा ३२ जना थपिएको र शनिबार एकैसाथ ६ सय ३५ विद्यार्थीको स्वाब संकलन गर्दा सोमबार ३४ जनामा कोरोना देखिएको पनि बिहीबारको कान्तिपुर दैनिकमा समाचार छ ।

बुधबार, बिहीबार र शुक्रबार क्याम्पसले आन्तरिक स्रोतबाट आइसोलेसन लगायतका व्यवस्थापनमा खटेको थियो । ३ बाट ८ गतेसम्मका तीनवटै वर्षका परीक्षा स्थगीत गरिएको पनि दाहालले जानकारी दिएका छन् ।

एकैदिन पाँचजना अस्पताल भर्ना
चैत २ गते यता चितवनका अस्पतालमा कोरोना संक्रमण भएर उपचारका लागि भर्ना हुनेको संख्या शून्य थियो । तर बुधबार मात्रै ५ जना संक्रमित भर्ना भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सक्रिय संक्रमित ३१ जना पुगेका छन् भने होम आइसोलेसनमा बस्नेको संख्या २६ रहेको छ ।

यस्तो संख्याले जिल्लामा संक्रमण बढ्न थालेको प्रस्ट भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी बताउँछन् ।

वि.सं.२०७७ चैत १२ बिहीवार ०८:५९ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...