१२ चैत्र, काठमाडौं । आज बिहिबारको बजारमा सुनको मूल्य २ सय रुपैँयाले उकालो लागेको छ ।
बुधबार ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावालाको सुनको मूल्य आज २ सय रुपैँयाले बढेर प्रतितोला ८६ हजार ९ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनपनि आज ८६ हजार ४५० रुपैँयामा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आजको बजारमा चाँदीको भाउ भने घटेको छ। तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७७ चैत १२ बिहीवार ११:११ मा प्रकाशित






























