
१२ चैत्र, काठमाडौं । नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको केही प्रभाव ले आज पहाडी क्षेत्रका एक ,दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।
दिउँसो देखि पहाडी क्षेत्रमा आंशिक बद्ली भएर मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै गरी राति सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आंशिक बद्ली रहेर अरु ठाउँको मौसम सफा रहने महाशाखाका मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली रही बाँकी क्षेत्रको मौसम सफा रहेको छ