back
CTIZAN AD

सामन्त गोयलसँगको साँठगाँठ बारेमा ओलिसँग माधवले मागे कडा प्रष्टिकरण

वि.सं.२०७७ चैत १२ बिहीवार

861 

shares

१२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै प्रश्न गर्दै १३ बुँदे प्रतिस्पष्टीकरण मागेका छन् ।

आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको र उनीमाथि नै कारबाही गर्नुपर्ने जिकिर गर्दै आएका नेता नेपालले सामन्त गोयलसँगको साँठगाँठ लगायत १३ बुँदे प्रतिस्पष्टीकरण मागेका हुन् ।

नेकपा एमालेका अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखिएको जवाफमाउनले सामन्त गोयलसँगको साँठगाँठ बारे स्थायी कमिटीका निर्णय कार्यान्वयन गरी पार्टी एकता कायम गर्दै सरकार सोही अनुरुप सञ्चालन गर्नुको साटो कार्तिक महिनाको आरम्भमा विदेशी गुप्तचर संस्थाका प्रमुखसंग बालुवाटारमा कुटनीतिक मर्यादा विपरीत राती गुप्त मन्त्रणा गरेको बारे प्रष्टिकरण साेधेका छन् ।

आफूलाई पुष्पकमल दाहालको मतियार भनि लगाइएको आरोपमा उनले उल्टो अध्यक्ष ओलिलाई मतियार भएको आधार पेश गरेका छन् ।
उनले भनेका छन् ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान र नीति विपरीत तपाईले उक्त प्रकार अनाधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रुपमा भएका काम र तपाई स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने ? यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईले पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बठै क र सहकार्यको आधारमा तपाई नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? ’

उनले सरकारका तर्फबाट भएका कामहरुप्रतिको टिप्पणी ‘जहाज खरीद प्रकरण, आयल निगम जग्गा खरीद प्रकरण, गोकर्ण फरेष्ट रिसोर्ट र यति समूहसंग नेपाल ट्रष्टको सम्पत्ति उपभोगसम्बन्धी गलत निर्णयहरु, ओम्नी भ्रष्टाचार प्रकरण, एनसेल र कमिशनसम्बन्धी फोन प्रकरण, बजेट पेश गर्नु अघि नै संवेदनशील सूचना चुहाएर भएको नीतिगत भ्रष्टाचार, हायत रिजेन्सी होटलले सरकारी जग्गा अवैध किसिमले नियन्त्रण लिएको भन्ने विषयको छानबीन लगायतका भ्रष्टाचार र अनियमिततासम्बन्धी सार्वजनिक भएका विषयमा गरिएको आलोचना वा टिप्पणी’ बारेमा पनि जवाफ माग गरेका छन् ।

यस्तो छ माधवकुमार नेपालले बुझाएको स्पष्टीकरण पत्रको जवाफ :

वि.सं.२०७७ चैत १२ बिहीवार १९:४९ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...