back
CTIZAN AD

रेशम चौधरीहरुको रिहाइ सत्तास्वार्थ निम्ति मोलमोलाइ नबनोस्–डा. बाबुराम भट्टराई

वि.सं.२०७७ चैत १३ शुक्रवार

789 

shares

१३ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले रेशम चौधरी लगायत राजनीतिक बन्दीहरुको रिहाई सत्ता स्वार्थका निम्ति मोलतोलको साधन बनाउन नहुने बताएका छन् ।

जनता समाजवादी पार्टीको केही नेताहरुले आफ्ना माग पूरा गरेमा केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन सकिने अभिव्यक्ति दिइरहेका बेला डा.भट्टराईले सबै राजबन्दी तुरुन्त तुरुन्त र निर्शत रिहाइ गर्न माग गरेका गर्दै यस्तो बताएका हुन् ।

‘रेशम चौधरी लगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र निःशर्त गर ! थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार सहितको राज्यपुनर्संरचना हुने गरी संविधान संशोधन गर ! यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो ! यो क्षणिक सत्ता स्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस !’ सामाजिक संजाल ट्विटरमा लेखेका छन् ।


जनता समाजवादी पार्टीको केही नेताहरुले आफ्ना माग पूरा गरेमा केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन सक्ने भन्दै छलफलमा रहेका बेला डा. भट्टराई लेजसरी पनि ओलीको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १२:०७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...